site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आयात बढेसँगै अर्थतन्त्रका बाह्य सूचकमा दवाब बढ्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । रेमिट्यन्समा वृद्धि भए पनि आयातमा भएको वृद्धिसँगै अर्थतन्त्रको बाह्य क्षेत्रमा दवाब बढ्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याङकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले त्यस्तो देखाएको हो ।

कोभिडको कारणले आर्थिक वर्षको सुरुवाति केही महिनामा आयातमा संकुचन भएको तर रेमिट्यन्स भने लगातार बढेको कारण सोधनान्तर बचत उल्लेख्य रुपमा बढेको थियो । तर पछिल्लो केही महिना  लगातार रुपमा बढेको आयातले गर्दा शोधनान्तर बचतमा दवाब बढ्दै गएको छ ।

पुस मसान्तमा १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) माघमा ९७ अर्ब ६६ करोडमा झरेको छ । यद्यपी अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सोधनान्तर बचत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।

Agni Group

आयात बढेसँगै र चालु खाटा पनि बढ्दै गएको छ । २०७७ पुस मसान्तमा ४९ करोड ५३ लाखले घाटामा रहेको चालु खाता  एक महिनामा नै ५० अर्ब भन्दा बढीले वृद्धि भएर माघ मसान्तमा १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ । माघ मसान्तमा आउँदा चालु घाता घाटा गत आर्थिक वर्षकै हाराहारीमा पुगेको छ ।  गत आर्थिक वर्षको यहि अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो ।

आयात बढ्को प्रभाव विदेशी विनिमय सञ्चितिमा पनि गरेको छ । पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड रहेको विदेशी मुद्राको सञ्चिति माघ मसान्तमा १४ खर्ब ६२ अर्ब ३ करोडमा झरेको छ । यद्यपी २०७७ असार मसान्तको तुलनामा भने विदेशी मुद्राको सञ्चिति ४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । २०७७ असार मसान्तमा यस्तो सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको थियो ।

Global Ime bank

विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७–७८ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन सँगको अनुपात  ३७.१ प्रतिशत, कुल आयातसँगको अनुपात ९८.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु ३१.३ प्रतिशत रहेका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC