अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आईएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ सेवा सञ्चासलनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको जनाइएको छ ।
घोडागाँउमा खोलिएको सेवाको लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाको लागि दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७ १७:०८
प्रतिक्रिया दिनुहोस्