site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पूर्वउपराष्ट्रपतिदेखि पूर्वसचिवसम्म सहकारीबाट ठगिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको एक सहकारीबाट पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीसहित उच्च अधिकारीहरू नै ठगिएको पाइएको छ ।

काठमाडौंकै धुम्बाराही आनन्दनगरमा रहेको आनन्द नगर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र केही कर्मचारीको मिलेमतोमा सर्वससाधारण नागरिक मात्रै नभएर अति विशिष्ठ व्यक्ति नै ठगिएको पाइएको छ ।

पूर्वउपराष्ट्रपति झा र पूर्वसचिव मैनालीलगायत करिब १६०० भन्दा बढीको सेयरधनी तथा बचतकर्ताको ५० करोड भन्दा बढी रकम हिनामिना भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कसको कति रकम ठगी भएको हो भन्ने नखुलेको भए पनि १६०० जनाको ५० करोडभन्दा बढी रकम हिनामिना भएको आरोप छ ।

ठगी गर्ने पूर्वसञ्चालक र व्यवस्थापकलाई पटक–पटक समय दिँदासमेत रकम भुक्तानी नगरेपछि सहकारी पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुुरी दिएका छन् ।

Global Ime bank

सहकारीको सञ्चालक र केही कर्मचारीको मिलेमतोमा करिब ५० करोड रुपैयाँ ठगी भएको सहकारीका बचतकर्ता र सेयरधनीको आरोप छ । 

२०६५ सालमा स्थापना भएको भएको सहकारीमा पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसचिव श्याम मैनालीले पनि बचत गरेका थिए ।

सहकारीमा उनीहरुले बचत गरेको भन्दै अन्य सर्वसाधारणबाट पनि करौडौं बचत संकलन गरिएको थियो । त्यसपछि सञ्चालक र व्यवस्थापनको मिलेमतोमा ठगी भएको एक पीडितले बताए ।

“यही टोलका स्थानीय मिलेर २०६५ सालमा सहकारी स्थापना गरेका थियौं, सुरुमा सहकारी राम्रै चलेको थियो,” सहकारीको एक सेयर सदस्यले बाह्रखरीसँग भने, “२०६८ सालबाट भने सहकारीको नेतृत्वमा रहेका सञ्चालक समिति र व्यवस्थापकले ठगी गर्ने नियतले गलत अडिट रिपोर्ट तयार गरेर मुनाफा बढी देखाउन सुरु गरेछन् र धेरै बचत संकलन गरेर ठगी गर्ने नियत राखेछन् ।”
आफूहरुलाई पूर्वउपराष्ट्रपति, पूर्वसचिवलगायतले पनि बचत गरेको भन्दै रकम राख्न आग्रह गरेपछि बचत गर्न थालेको ती सदस्यको भनाइ छ ।

“हामीलाई सचिवज्यू (श्याम मैनाली) र उपराष्ट्रपति (परमानन्द झा) ले पनि बचत गर्नुभएको छ तपाईंहरु पनि पैसा राख्नुस् भनेपछि विश्वास गरेर सहकारीमा बचत गर्‍यौँ । तर २०७६ मा सहकारीमा बचत फिर्ता माग्न जाँदा सहकारीले विभिन्न बहानामा बचत फिर्ता गर्न आलटाल गर्‍यो,” उनले भने ।

सहकारीले पूर्वउपराष्ट्रपति झा, पूर्वसचिव मैनाली, मानव अधिकारवादी, अधिवक्तालगायत ९९९ जना बचतकर्ता  र ६७९ जनाको सेयरधनीको ५० करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

२०७६ बाट सहकारीले बचत फिर्ता दिन छोडेपछि सहकारी सञ्चालक र कर्मचारीको ‘बदमासी’ थाहा भएको पीडित मध्येका एक पूर्वसचिव मैनाली बताउँछन् ।

२०७६ मा बचतकर्ताले बचत भुक्तानी माग गर्दै सहकारीमा जाँदा बचत फिर्ता नदिएको र सहकारीको व्यवस्थापन नै फरार भएर भारत पुगेका थिए । 

फरार भएको व्यवस्थापकलाई प्रहरीले खोजी गरेर ल्याएपछि सोधपुछ गर्दा  २०६८–६९ बाट नै सञ्चालकहरु समेतको मिलेमतोमा ठगी गर्ने उद्देश्यले गलत अडिट रिपोर्ट बनाएर बढी मुनाफा कमाएको विवरण सेयरधनीलाई देखाउँदै लाभांश बाँड्दै आएको खुलेको मैनाली बताउँछन् ।

सहकारीमा बचतकर्ताको दायित्वमध्ये १५ प्रतिशत ऋण लगानी भएको देखिए पनि अन्य रकम भने सञ्चालक व्यवस्थापको मिलेमतोमा दुरुपयोग भएको अध्ययनमा देखिएको उनले बताए । 

विभिन्न व्यक्तिलाई धितो नै नराखी कर्जा लगानी गरको केही कर्जा कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिलाई लगानी गरेको र उक्त ऋणीको धितो राखेको जग्गा संस्थाको सञ्चालकहरुको नाममा रहेको पाइएको उनले बताए ।

“सहकारीमा बदमासी भएको थाहा पाएपछि हामीले विशेष साधारणसभा बोलाएर नयाँ कार्यसमिति गठन गर्‍यौँ भने पूर्वपदाधिकारीबाट आफ्नो जायजेथा बेचर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छौँ भन्ने लिखित प्रतिवद्धता गरेपछि हामी नयाँ सञ्चालक समितिबाट सहकारी अगाडि बढाउन खोज्यौं,” मैनालीले भने, “उनीहरुले २०७७ माघभित्र सबै रकम फिर्ता गर्ने बताए पनि विभिन्न बहाना गरेर रकम तिर्न आलटाल गरेपछि अहिले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएर छानबिन भइरहेको बताएको छ ।”

सञ्चालकहरुले रकम फिर्ता गर्ने माइन्युटसमेत गरेको पाइएको छ । तर तोकिएको समयमा पनि फिर्ता नभएपछि आफूहरु कानुनी प्रक्रियामा अघि बढ्नुपरेको पीडितहरु बताउँछन् ।

“बचतकर्ता र सेयरधनीको रकमको सुरक्षा गर्न पदीय र नैतिक जिम्मेवारी सञ्चालक समितिको हुने भएकोले हामी सञ्चालक, पूर्वसञ्चालकहरुलगायत देहायका व्यक्तिहरु  तल अनुसूचीमा उल्लेख भएका हाम्रो घर, जग्गाहरु बचत तथा निक्षेपकर्ता एवम् सेयर धनीको निक्षेप रकमको सुरक्षाको प्रत्याभूति गर्न  रितपूर्वक सम्बन्धित  मालपोत कार्यालयमा उपस्थित भइ संस्थाका नाममा दृष्टि बन्धक पारित गर्न वा अन्य तवरले कानुनी रुपमा रकमको सुरक्षाको  प्रत्याभुति  गर्न  हामी मञ्जुर गर्छौं,”  संस्थाका पूर्वअध्यक्ष तथा सञ्चालहरुले माइन्युटमा हस्ताक्षर गर्दै भनेका छन् ।

उक्त माइन्युटमा हस्ताक्षर गर्नेमा सहकारीका पूर्वअध्यक्ष बद्रीप्रसाद ओझा,  तत्कालीन अध्यक्ष नरेन्द्र बहादुर कार्की, उपाध्यक्ष शम्भुराज आचार्य, सचिव प्रदीप शर्मा पौड्याल, कोषाध्यक्ष प्रदीप खड्का, सदस्यहरु होतराज शर्मा, लक्ष्मणमान प्रधान, शारदा पन्त, केशवराज घिमिरे दिपुराज उपाध्याय  रहेका छज् ।

“२०७६ फागुन २३ गते सम्पन्न साधारणसभामा तत्कालीन सञ्चालक  र पूर्वसञ्चालकसमेत गरी १० जनाले स्थानीय तहका प्रतिनिधिहरु समेतको उपस्थितिमा आनन्दनगरमा रहेको आफ्नो घरजग्गाबाट पीडितहरुको रकम भुक्तानी गर्ने सुरक्षाको लागि दृष्टी बन्धक गरिदिने सर्तमा मन्जुर गरी मालपोत कार्यालयमा गई २०७६ चैत्र ६ दृष्टी बन्धक पनि गरे,” मैनालीले भने, “एक वर्षभित्र सबै रकम भुक्तानी गर्ने भनेको भए पनि अहिलेसम्म १० प्रतिशत रकम मात्रै भुक्तानी भएको र बाँकी रकम भुक्तानी गर्न आलटाल गरेपछि हामीले अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छौँ ।”

आफ्नो घरजग्गा दृष्टिबन्धक गर्ने पूर्वसञ्चालहरु १० जना, लेखापरीक्षक कर्मचारीलगायत २५ जनाविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितहरुले बताए ।

पीडितले प्रहरीमा उजुरी दिएपछि पूर्वसञ्चालकहरुले विशेष अदालत पाटनमा उजुरी दिएका छन् ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले आफूहरुलाई ठगीबारेमा जानकारी आएको बताए ।

“यसबारेमा जानकारी आएको छ,” उनले भने, “हामी अहिले अध्ययनकै क्रममा छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC