site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानीकर्ता बाहिरिँदा सेयर बजारमा कारोबार रकम घट्दै, ६ दिनपछि हरियो भयो नेप्से
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत सातादेखि लगातार घटिरहेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार भने एकल अंकको सामान्य सुधार भएको छ । 

लगातार ५ कारोबार दिनसम्म घटेको सेयर बजार परिसूचक छैठौं कारोबार दिनमा भने सामान्य सुधार भएको हो ।

आज बजार परिसूचक नेप्से २.२६ अंकले बढेर २३९१.७५ अंकमा बन्द भएको छ । फागुन ९ गते २६४० अंकको ऐतिहासिक बिन्दुमा पुगेर ओरालो लागेको नेप्से फागुन १९ गते २४१६ अंकसम्म झरेर पुनः २५०० अंक माथि पुगेको थियो । तर पछिल्लो ५ दिन लगातार घटेको नेप्से माघ १८ गतेपछि हिजो सोमबार २४०० अंक बिन्दुबाट झरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आज मंगलबार सुरुवाति समयदेखि नैं उतारचढाव देखिएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा बजार उकालो लाग्ने संकेत देखाउँदै २४०० अंकको बिन्दु पार २४१७.४७ अंकसमम पुगेको थियो । 

यस्तै आज २३६९.३२ अंकको न्युन बिन्दु कायम गरेको बजार परिसूचकमा समान्य सुधार भएको हो ।

Global Ime bank

आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङ उपसूचकका साथै  होटेल तथा पर्यटन, वित्त कम्पनी, उत्पादन, लघुवित्त, जीवन बिमा र लगानी उपसूचक बढेको छ । त्यस बाहेकका अरु उपसूचक भने घटेका छन् ।

होटेल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै ३.३६ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा उपसूचक १.४६ प्रतिशत र लघुवित्त उपसूचक  ०.६७ अंकले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.२१ प्रतिशतले बढेको छ ।

यता व्यापार उपसूचक सावार्धिक १.९२ प्रतिशतले घट्दा हाइड्रोपावर उपसूचक १.५१ र अन्य उपसूचक १.०७ प्रतिशतले घटेको छ । बजार परिसूचक सामान्य बढे पनि कारोबार रकम भने  साढे ३ अर्ब पनि पुग्न सकेन ।

केही साता अगाडि  दैनिक १० अर्ब माथि र सातामा प्रतिदिन औसतमा ९ अर्बसम्मको कारोबार भएको बजारमा कारोबार रकम क्रमश घट्दै ३ अर्बमा झरेको छ । 

आज नेप्सेमा ४६ हजार ५४० वटा कारोबारमा २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजारको कारोबार भएको छ ।

उद्योगि व्यापारीहरु व्यापार व्यवसाय सुचारु भएसँगै आफ्नो नियमित व्यवसायमा लागेको तथा अधिक तरलताले लगानीको अवसर खोज्दै सेयर बजारमा लगानी गरेका बैंकहरु पनि आर्थिक गतिविधि बढेर कर्जाको माग बढेसँगै तरलता कम हुँदा सेयर बजारमा कारोबार घटाउँदै जाँदा बजारमा कारोबार रकम घट्दै गएको छ ।

आज बजारमा कारोबार रकमको नेतृत्व नेपाल लाइफले गरेको छ । कम्पनीको  १९ करोड ३८ लाख ८० हजारको कारोबार हुँदा अपर तामाकोशीको १८ करोड ८५ लाख ३० हजार, नेपाल इन्फ्रास्ट्रचर बैकको  १७ करोड २ लाख ६६ हजार, नबिल बैंकको १३ करोड ८९ लाख ५३ हजार र नेशनल हाइड्रोपावरको १२ करोड १६ लाख ९ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा ५ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेका छन् । सर्किट मुल्यमा कारोबार हुनेमा चन्द्रगिरी हिल्स सहित जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर र खानिखोला हाइड्रोपावर रहेका छन् ।

यता सेयर मुलय घट्नेमा भने पञ्चकन्या माइ हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, अगाडि छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC