फोटो फिचर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा चियापानको आयोजना गरे ।
ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई चियापानमा निम्तो दिएका थिए । तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने चियापान बहिष्कार गर्यो ।
कार्यक्रममा ओली केन्द्रीय सदस्य र सांसदहरु बसेको टेबुल-टेबुलमा पुगेका थिए । ओलीले कार्यक्रममा सञ्चाकर्मीहरुसँग पनि फोटो खिचाएका थिए । चियापान कार्यक्रममा ओलीपक्षीय केन्द्रीय सदस्य र सांसदहरुको उपस्थिति थियो ।
हेर्नुहोस् चियापानको केही झलक :
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७ १५:४९
प्रतिक्रिया दिनुहोस्