site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको नेतृत्व होइन चुनावकै पक्षमा कांग्रेस संस्थापन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अहिले सत्ताको नेतृत्व गर्ने प्रस्ताव आइरहेको छ । सरकारको नेतृत्व गर्ने र देशमा आएको अस्थिरता र विधिहीनता अन्त्य गर्दै लोकतन्त्रलाई मूलबाटोमा हिँडाउने जिम्मा नेपाली कांग्रेसले लेओस् भनेर संसद्को तेस्रो र चौथो दलले आग्रहसमेत गरिरहेको अवस्था छ । तर, कांग्रेस नेतृत्व भने फरक निष्कर्षमा पुगेको छ । उसले सरकारको नेतृत्व होइन ताजा जनादेशका लागि पहल थालेको छ ।

यस्तो हुनुमा कांग्रेस नेतृत्वलाई वर्तमान प्रतिनिधिसभाले काम गर्नसक्छ भन्ने नै लागिरहेको छैन । प्रतिनिधिसभा विघटनकै अवस्थामा विघनलाई असंवैधानिक भनेर पनि पुन:स्थापना भन्न तयार नभएको कांग्रेस नेतृत्व अहिले पनि निर्वाचनलाई एकमात्र निकास देखिरहेको छ । त्यसैले कांग्रेसको संस्थापनले न त ओलीको विकल्प खोजिरहेको छ न त आफ्नो नेतृत्वमा सरकार बनाउन पहल नै गरेको छ । कांग्रेसको संस्थापन पक्षका नेता रमेश लेखक प्रतिनिधिसभा विघटनपछि भएको घोषणाअनुरुप नै चुनाव हुन पाएको भए सबैभन्दा उत्तम निकास हुने भन्दै अब पनि निर्वाचनको विकल्प नभएको बताउँछन् ।

“वर्तमान प्रतिनिधिसभा र कम्युनिस्ट पार्टीको सरकार दुवैले अब काम गर्न सक्दैनन्, यो मेरो निष्कर्ष हो,” लेखकले भने, “६४ प्रतिशतको समर्थन भएको कम्युनिस्ट सरकारले देश हाँक्न सक्दिनँ भनेर प्रतिनिधिसभा विघटन गरेपछि विकल्प ताजा जनादेश नै थियो । अब पनि त्यही बाटो सबैभन्दा उत्तम बाटो हो ।” उनले नेपालमा ‘अर्ली इलेक्सन’ को विकल्प नभएको बताए । त्यो अर्ली इलेक्सन कसरी हुन्छ भन्नेबारे भने उनले खुलाएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीसँग मत मिल्यो
प्रधानमन्त्री केपी ओलीका धारणा पनि कांग्रेससँग मिल्दा-जुल्दा छन् । ओलीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफू नेतृत्वको सरकार अब पनि कायम रहने र त्यो नभए देश निर्वाचनमा जाने बताएका छन् ।

“मैले गरेको फैसला (प्रतिनिधिसभा विघटन) त सर्वोच्चले बदर गरिदिएको छ तर, व्यवहारले, राजनीतिले, संविधान कार्यान्वयनको अभ्यासमा अगाडी बढ्दा मेरो कदमलाई के भन्छ ?” ओलीले भनेका छन्, “संविधान कार्यान्वयनका क्रममा र समृद्धिको आकांक्षा कार्यान्वयनमा व्यवधान खडा गर्ने तत्त्वका विरुद्धमा फेरि पनि ताजा जनादेशमा जानुपर्छ ।” उनले आफूले चुनावमा जाने उचित निर्णय गरेको भन्दै त्यसको वातावरण संविधानअनुसारै आउने दाबी गरे ।

Global Ime bank

“संविधानको धारा ७६ (१) को सरकार त गइगयो, छोटो समयमा ७६ (२) को सरकार पनि चाँडै जाँदै छ, त्यसपछि पनि ठूलो पार्टीको नेता म नै हो, मेरै नेतृत्वमा सरकार बनाउन पहल हुने हो,” ओलीले भने, “त्यसपछि देश ताजा जनादेशमा नै जाने हो ।”

सरकार बनाउने पक्षमा छैनन् देउवा : जसपा
जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेर नयाँ सरकारमा समर्थनका लागि आफ्ना केही सर्त रहेको बताएका थिए । सर्तसहित समर्थन गर्ने वचन दिएर फर्किएको जसपा नेतृत्वले देउवाले थप कुराकानीका लागि प्रस्ताव गर्ने र आफ्ना प्राथमिक सर्तहरु पूरा गर्न दबाब दिँदै नयाँ सरकार गठनमा देवालाई समर्थन गर्ने रणनीति बनाएको थियो ।

तर, त्यसपछि देउवाले वार्ताका लागि प्रयास गर्ने प्रयास गरेका छैनन् । त्यही कारण जसपा देउवासँग सहकार्य नहुने बुझाइमा पुगेको छ । “हाम्रो नेतृत्व देउवानिवास पुगेर आफ्ना कुरा राखेर आएको हो । तर, अहिलेसम्म उहाँबाट वार्ताको पहलसमेत भएको छैन,” जसपा नेता सुरेन्द्र झाले भने, “त्यसैले उहाँले हामीसँग सहकार्य गर्ने वा सरकार बनाएर देशका समस्या समाधान गर्ने इच्छा देखाएको छैन ।” उनले त्यही कारण देउवासँग भन्दा ओलीसँगको सहकार्य सहज हुनसक्ने बताएका छन् ।

कांग्रेसमा संस्थापनइतरको फरक मत
कांग्रेसभित्रको प्रतिपक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने देशलाई दुर्घटनामा जान नदिन ओलीको विकल्प दिनुपर्ने बताइरहेका छन् । विगतमा कांग्रेस सरकारमा जानु नहुने अडान राख्दै आएको कांग्रेसको पौडेल-सिटौला पक्षले त गत शुक्रबार बैठक बसेर प्रतिनिधिसभाको हत्या गर्ने ओली त्यही प्रतिनिधिसभा ब्युँतिँदासमेत सत्तामा बसिरहनु अनैतिक भएको भन्दै त्यसका विकल्प कांग्रेसले खोज्नुपर्ने बताएको थियो । त्यो निष्कर्ष देउवालाई सुनाएर सहमतिको प्रयासबाट प्रधानमन्त्री बन्न आग्रह गरेको पौडेल-सिटौला पक्षको प्रस्ताव पदाधिकारी बैठकबाटसमेत अनुमोदित हुँदै देउवालाई प्रधानमन्त्री बनाउने सहमतिमा पुगेको थियो । पदाधिकारी बैठकलगत्तै जसपासँग सहकार्य गर्ने विषयमा छलफल गरेको कांग्रेस अहिलेसम्म सत्ता साझेदारीको पहल गर्न थालेको छैन ।

गत शुक्रबारदेखि नै देशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका वरिष्ठ नेता पौडेल देउवाको मौनतालाई ‘रहस्यमय’ भनेर टिप्पणी गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC