अर्थ व्यवसाय
काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले रोजगार दाताको नाम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा राख्न अनुरोध गरेको छ ।
दूतावासले गत फागुन २३ गते पनि दूतावासले फेमिसमा रोजगार दाताको नाम राख्न अनुरोध गरेको थियो ।
उल्लेख्य संख्यामा म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीको विवरण फेमिस मा प्रविष्ठ गरेको दूतावासले जनाएको छ । अतः रोजगारदाता कम्पनीको नाम र अन्य विवरण यथाशीघ्र फेमिसमा प्रविष्ठ गरी सोको जानकारी दूतावासले प्रमाणीकरण गरेको मागपत्रको प्रमाणीकरण नम्बरसहित राजदूतावासलाई मेल गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७ १३:०३
प्रतिक्रिया दिनुहोस्