site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
झन्डै ६२ हजार डलरको नयाँ रकेर्डपछि फेरि केही घट्यो बिटकोइन 
Sarbottam CementSarbottam Cement

टोकियो । डिजिटल करेन्सी, ‘बिटकोइन’ को मूल्य यो साताको सुरुवातमा झन्डै ६२ हजार डलर पुगेर नयाँ रेकर्ड राखेको थियो । तर मंगलबार बिहानै विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी ५३ हजार ७८५ डलरमा झरेको छ । 

यसअघि भारतमा डिजिटल सम्पतिमाथि प्रतिबन्ध लगाउन सकिनेबारे संचार एजेन्सी रोयटर्सले खबर गरेको थियो । यसका कारण नै बिटकोइनको मूल्यमा अचानक गिरावट देखा परेको हुन सक्ने शंका गरिएको छ । यस वर्ष बिटकोइन थुप्रै चर्चित हस्तीहरुसँग जोडिएको छ । टेस्लाका मालिक एलन मस्कदेखि ट्वीटरका प्रमुख ज्याक डोर्सी र प्रख्यात लगानीकर्ता गोल्मन साक्स समेतले यसमा अधिक चासो देखाएका हुन् । करेन्सी सम्बन्धी नीति निर्माता मसफुमी याममोतोका अनुसार बिटकोइनलाई अब लगानीकर्ताहरुले बेवास्ता गर्नै सक्दैनन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

२०२० को अन्त्यपछि बिटकोइनको मूल्य तीन गुणाले बढेको छ । शनिबारको सो वृद्धि अमेरिकामा बाइडेनको नयाँ कोभिड राहत प्याकेज पारिद भएका कारण भएको बताइएको छ । २०२० मा बिटकोइनको कूल बजार भाउ १० खर्ब डलर बराबर रहेको थियो । 

तरपनि बिटकोइनको मूल्य अनियमित रहँदै आएको हुँदा यसमा लगानी गर्नु जोखिमपूर्ण नै मानिएको प्राविधिकविद्हरु बताउँछन् । हालै देखा परिरहेका वृद्धि चाहिँ ठुल्ठुला कम्पनीसँग यसको संलग्नताका कारण रहेको बताइएको छ । त्यस्तै कोभिड महामारीमा मानिसहरु नोट पैसा र कोइनसँग टाढिदै गएकाले पनि बिटकोइनको प्रयोग र कारोबार बढेको विश्वास गरिन्छ । तर बिटकोइनको कारोबारमा धेरै ठूलो ऊर्जा लागत हुने हुँदा यसले वातावरणमा पुर्याउने हानि सम्बन्धी चिन्ता व्यक्त गरिएको छ ।  रोयटर्सबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC