साहित्य
काठमाडौं । लोक दोहरी गायिका मुना थापा मगर पढ्न लेख्न कहिल्यै फेल भइनन् । तर, उनी पिरतीमा भने कहिल्यै पास भइनन् । यता दोहोरी गायक रामी खाँड भने मुना भन्दा ठिक उल्टो रहेछन् । उनी एकेडेमिक परीक्षामा सँधै फेल भए तर, पिरतीमा कहिल्यै फेल भएनन् ।
मुनालाई यतीबेला वैंशको परीक्षा पास हुन मन छ । त्यसैले उनले महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ पनि पढिन् । तर, पनि उनलाई पिरती बुझ्नै गाह्रो भयो । यता रामजी खाँडलाई भने न ‘मुना मदन’ पढ्नु पर्यो नत ‘आई लभ्यू’को अर्थ नै खोज्दै हिड्नु पर्यो । खाँड मुनालाई मनको कुरा पढे पिरतीको परीक्षा पास हुने सुझाव दिन्छन् ।
मुना र रामजीको जीवनको सत्य कथा हो÷होइन त्यो त उनीहरुलाई नै थाहा होला । तर, उनीहरुको गीत ‘पिरतीमा फेल’ ले भने यसै भन्छ ।
नेपाली लोकदोहोरीमा निकै लोकप्रिय गीत हो । ‘पिरतीमा फेल’ करिब साढे तीन लाखले युट्युवमा सर्च गरेको गीतमा मुना थापा मगर र रामजी खाँडको स्वर रहेको छ । बसन्त थापाको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा रामजी खाँड र पार्वती राईले अभिनय गरेका छन् । निर्देशन भने प्रकाश भट्टले गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३ १४:०९
प्रतिक्रिया दिनुहोस्