site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अनुमति नलिई भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारबाही
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिईकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोबार नगर्न/नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानुनी दायरामा ल्याउने समेत केन्द्रीय बैंकले जनाएको छ ।

केही सेवा प्रदायकले अनुमति नै नलिईकन कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो । केन्द्रीय बैंकको सूचनामा भनिएको छ, “यस बैंकबाट अनुमतिपत्र नलिई भुक्तानीसम्बन्धी कार्य गर्नु/गराउनु गैरकानुनी र दण्डनीय हुने भएकाले अनुमतिप्राप्त संस्थामार्फत मात्र विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

अनुमति नै नलिई अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टप अप सेवा, अनलाइन पेमेन्टलगायतका भुक्तानीसम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC