अर्थ व्यवसाय
काठमाडौं । डिश होमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नयाँ र मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालन गरेको छ ।
कमेडी शो यहि फागुन २२ गते देखि डिश होमको रियालिटी च्यानल नम्बर १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण हुँदैछ ।
यस शोमा नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत बजाउनुका साथै फोनमार्फत कलाकार र अन्य व्यक्तिहरुलाई प्रांक कल गरी रमाइलो कुराकानी गरिने छ ।
हाँस्य टेलिशृङ्खलामा माने र रेन्बो सोल्टा नाम बाट परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले यो कार्यक्रम सञ्चालन गर्दैछन् ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७ १८:४२
प्रतिक्रिया दिनुहोस्