अर्थ व्यवसाय
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनको राजपरिवार टोली नेपाल आएको छ । राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आएको हो । उनीहरु बहराइन डिफेन्स फोर्सको सैन्य जहाजबाट नेपाल आएका हुन् ।
टोलीमा बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । यो टोली ८० दिन नेपालमा रहने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध लगाइने २ हजार खोप सहयोग गर्ने पनि दूतावासले जनाएको छ ।
यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे पीक र मनास्लु हिमाल आरोहण गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७ १८:३२
प्रतिक्रिया दिनुहोस्