site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महासंघको स्थानीय आार्थिक विकास समिति विस्तार
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समिति विस्तार गरिएको छ । कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित समितिको सहसभापतिमा कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छानिएका छन् ।

समितिका सदस्यमा चक्रबहादुर अधिकारी, कुबिरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र सुनिता नेमाफुकी रहेका छन् ।

Agni Group

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न आग्रह गरे । उनले महासंघका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउन सकिन्छ, सोहीअनुसार समितिलाई क्रियाशील राख्न पनि सुझाव दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत–साधन र कच्चापदार्थमा आधारित उद्योग–व्यवसाय विस्तारका लागि महासंघका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ, सोको पहिचानसहित अगाडि बढ्न समितिलाई आग्रह गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC