site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोरिया जाने ‘रोस्टर’मा रहेकाको म्याद ६ महिना थप्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीको लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर ‘रोस्टर’मा नाम चढेकाहरुको ६ महिना म्याद थप्ने तयारी भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालका अनुसार रोस्टरको म्याद ६ महिना बढाउने गरी विभागले छलफल थालेको हो ।

विभागका अनुसार कोरिया रोजगारीको लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाको संख्या झन्डै सात हजार रहेको छ । त्यसमा नियमिततर्फका साढे पाँच हजार छन् भने विगत तीन वर्षमा भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम चढेको तर हालसम्म जान नपाएका करिब १५ सय जना छन् । ६ महिना समय थप गर्दा उनीहरुसमेत जान पाउने विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म मात्र कोरिया जानेको रोस्टरमा नाम रहन्छ । दुई वर्ष नाघेको अवस्थामा भने पुनः भाषा परीक्षा दिएर उत्तीर्ण हुनुपर्ने व्यवस्था रहेको छ ।

कोरियाले अहिले कुनै देशबाट पनि श्रमिक लगेको छैन । कोरोनाका कारण अरु मुलुकबाट श्रमिक नलगेको हो । कोरोनाका कारण कोरिया सरकारले अन्य देशबाट जाने श्रमिकहरुलाई प्रवेशमा रोक लगाएकाले नेपालीहरु जान नपाएको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतम बताउँछन् । रोजगारीका लागि पठाउन नेपालले त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए ।

Global Ime bank

अब छिट्टै श्रमिक लैजाने प्रक्रिया सुरु हुने जनाइएको छ । कोरियाले नेपालमा भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरुलाई लैजान सुरु गरेलगत्तै पाँच हजारजनाभन्दा धेरै कोरिया जान सक्ने विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC