अर्थ व्यवसाय
काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन् ।
उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।
अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले बाहिरी भाग नि चाँडै बनाउँदै छन् । उनीहरुको टिमको नाम ‘सिरेटो’ हो ।
गोल्छा ग्रुपले सिरेटोलाई सहयोग गरेको बताएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ २१:४१
प्रतिक्रिया दिनुहोस्