अर्थ व्यवसाय
काठमाडौं । खानेपानी संस्थानका अध्यक्षमा गुणाकर भुसाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो ।
सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जीसी, रमेश केसी, वासुदेव अर्याल र भद्रपुर नगरपालिकाका मेयर नियुक्त जीवनकुमार श्रेष्ठ भएका हुन् ।
संस्थानको सञ्चालक समितिका अध्यक्ष पद रिक्त थियो ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ १९:४५
प्रतिक्रिया दिनुहोस्