site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लगातार घट्दै सेयर बजार, ३ सातामा उच्च विन्दुबाट २३३ अंकको गिरावट
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको उच्च गिरावट हुँदा २४०० अंकको नजिक झरेको छ । गत साताको अन्तिम कारोबार दिन २४५८.४९ अंकमा बन्द भएको नेप्से आज ५१.२३ अंकले घटेर २४०७.२३ अंकमा बन्द भएको छ ।

प्रि-ओपन सेसनमा एकल अंकले बढेर २४६६.२७ अंकमा खुलेको नेप्से इन्ट्रा-डे कारोबारमा २४६९.४३ अंकसम्म उच्च विन्दुमा पुगेको थियो भने २३९७.३० अंकसम्म झरेको थियो । २०७७ माघ १८ गते २४ अंकको विन्दु पार गरेको नेप्से आज इन्ट्रा-डे कारोबारमा उक्त विन्दुबाट तल झरे पनि अन्तिम समयमा केही सुधार हुँदै पुन: २४०० अंक माथि पुगेर बन्द भएको छ ।

Agni Group

फागुन ९ गते २६४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से ३ सातामा नै २३३ अंकले घटेको छ । बैंकिङ प्रणालीमा तरलता घट्दै गएको र बैंकहरुले निक्षेपमा दिने ब्याजदर बढाउन सुरु गर्दा अब कर्जाको ब्याजदर पनि बढ्नसक्ने आशंकामा लगानीकर्ता केही ‘पेनिक’ बनेको देखिन्छ । चैत १ गतेबाट बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बैंकको आधार ब्याजदर केही घटे पनि निक्षेपमा दिने ब्याजदर भने बढाएका छन् ।

बजार परिसूचकमा उच्च गिरावट भए पनि होटेल तथा पर्यटन र हाइड्रोपावर उपसूचक भने बढेको छ । होटेल तथा पर्यटन उपसूचक २.५४ प्रतिशत र हाइड्रोपावर उपसूचक २.३२ प्रतिशतले बढेको छ । त्यसबाहेक सबै उपसूचक राताम्मे हुँदा व्यापार उपसूचक सर्वाधिक ५.४१ प्रतिशत, अन्य उपसूचक ४.७९ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.०१ प्रतिशत, जीवन बिमा उपसूचक २.७९ प्रतिशत, लगानी उपसूचक २.६८ प्रतिशतले घटेको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.८३ प्रतिशतले घटेको छ ।

Global Ime bank

क्रमिक रुपमा घटिरहेको कारोबार रकम गत साताको अन्तिम कारोबार दिनको भन्दा आज केही बढेको छ । गत साताको अन्तिम कारोबार दिनमा ४ अर्ब १० करोडको कारोबार भएकामा आज करिब ५ अर्बको कारोबार भएको छ । आज नेप्सेमा ६० हजार ९७३ वटा कारोबारमा २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड २७ लाख २२ हजारको कारोबार भएको छ ।

आज सेयर मूल्यमा सकारात्मक सर्किट लागेको अपर तामाकोसीले कारोबार रकमको नेतृत्व गरेको छ । कम्पनीको ७ लाख १ हजार १७० कित्ता सेयर किनबेच हुँदा ४४ करोड ५६ लाख १५ हजारको कारोबार भएको छ । यस्तै नेपाल इन्फ्रास्ट्रचर बैंकको २७ करोड ५६ लाख ६८ हजार, नबिल बैंकको २० करोड ६६ लाख ८७ हजार, नेपाल लाइफको १९ करोड ६७ लाख ९४ हजार र ग्लोबल आईएमई बैंकको १६ करोड ११ लाख ४ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा अपर तामाकोसीसहित चन्द्रगिरि हिल्स, पञ्चकन्या माई हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता हिमालयन पावर पार्टनरको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा नेपाल हाइड्रोको सेयर मूल्य ७.९५ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC