अर्थ व्यवसाय
काठमाडौं । मेगा बैंक नेपालले गागलफेदी यातायातको यात्रीवाहक बसमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ । मेगा बैंक र गागलफेदी यातायातबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो ।
गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१, सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।
अबदेखि गाडीको सहचालकको गलामा क्यूआर कोड झुन्ड्याइनेछ । जहाँ स्क्यान गरी यात्रीले भाडा तिर्न सक्नेछन् ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ ११:४५
प्रतिक्रिया दिनुहोस्