अर्थ व्यवसाय
काठमाडौं । सुनको भाउमा सामान्य वृद्धि आएको छ । गएको शुक्रबारको तुलनामा स्थानीय बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ६०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलाको १२ सय ७० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ ११:३५
प्रतिक्रिया दिनुहोस्