अर्थ व्यवसाय
काठमाडौं । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज आर्थिक वर्ष ०७५/०७६ तथा ०७६/०७७ मा सुनसरी–मोरङ औद्योगिक करिडोरका निर्यातमूलक उद्योगमध्ये सबैभन्दा बढी निर्यात गर्ने उद्योग बनेको छ ।
उद्योग संगठन मोरङले आर्थिक एवम् औद्योगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै आएको योगदानका लागि स्वस्तिकलाई सम्मान गरेको हो ।
उद्योग संगठन मोरङको ४८औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयलका सञ्चालक विकास दुगडलाई सम्मान प्रदान गरे । स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेलजस्ता तेल उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ ११:२९
प्रतिक्रिया दिनुहोस्