site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी
Sarbottam CementSarbottam Cement

सिमकोट । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने भएपछि जिल्लाका अधिकांश कृषक त्यसतर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषक बेमौसमी तरकारीबाट घर खर्च गर्नसमेत सहज भएको बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस समयमा सिमकोट गाउँपालिका–४ हेल्दुङगाउँका ३० घरधुरी बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक गगन शाहीले बताए । उनले भने, “हिउँदयाममा घरमा त्यत्तिकै बस्नुभन्दा समयको सदुपयोग हुने र बालबालिकाका लागि कापी, कलमदेखि घरपरिवारलाई खाद्यान्नको पनि जोहो गर्न सजिलो हुने भएपछि यस पेशालाई सौभाग्यका रूपमा लिइएको छ ।”

हिउँदको समयमा बेमौसमी तरकारी बोकेर सदरमुकाम सिमकोट पुर्याउँदा एक मुठा सागको रु ३० र धनियाँ रु २० मा बिक्री गर्ने गरेको कृषक शाहीले बताए । आफूले आफ्नो घरमा बेमौसमी तरकारीका लागि ग्रिनहाउस हालेर बाक्लो तरकारी फलाउने गरेको उनले जानकारी दिए । यसबाट महिनाको करिब रु सात हजारसम्म कमाउने गरिएको उनले बताए ।  

Global Ime bank

सदरमुकाम सिमकोट आसपासका गाउँमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आम्दानीको राम्रो स्रोत बने पनि सदरमुकाम बाहिरका अधिकांश गाउँपालिकाका कृषकलाई भने उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार नपाउँदा समस्या भएको बताइएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC