site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थान सरकारको प्राथमिकतामा : मन्त्री ढकाल
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

कर्णाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताए । “कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको छ,” मन्त्री ढकालले भने, “कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको क्षेत्र पर्यटन नै हो । अब पर्यटन व्यवसाय तंग्रिँदैछ, सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिनेछ ।”

Agni Group

उनले होमस्टेले पर्यटन प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्‍याएको भन्दै विविधतायुक्त संस्कृतिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अझै मिहिनेत गर्नुपर्ने विचार व्यक्त गरे ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले कर्णालीमा ठूला होटेल नभएको अवस्थामा होमस्टे सञ्चालन गर्न आग्रह गरे । “प्रदेश सरकारले होमस्टे सञ्चालनमा सहयोग गरिरहेको छ,” उनले भने, “दक्ष जनशक्तिसहित व्यवस्थित रुपले होमस्टे सञ्चालन गर्न जरुरी छ ।”

Global Ime bank

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले होमस्टेको विकासका लागि पहिले सडक पूर्वाधारको विकास हुन जरुरी रहेको बताइन् । उनले सातवटै प्रदेशका उत्कृष्ट होमस्टेका सञ्चालकलाई सम्मान गरेकी थिइन् ।

‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि सुरु भएको राष्ट्रिय कार्यशालामा मुलुकका २०० बढी होमस्टे सञ्चालक सुर्खेतमा भेला भएका छन् । होमस्टेसम्बन्धी नीति निर्माणका साथै प्रदेशस्तरीय कार्यविधि निर्माणका लागि पहल गर्ने, अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको होमस्टेलाई परिचित गराउने, होमस्टे दर्ता, सञ्चालन एवं निरीक्षण गर्ने कार्यलाई समयसापेक्ष विकास गर्न र कोभिड–१९ पछिको पर्यटन क्षेत्रमा देखिएका समस्यलाई समाधान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC