site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“सैन्य सत्ता विद्रोह र देशभित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय संकट पैदा भएको छ । त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने ।

सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उनले जानकारी दिए । “म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन् वा अमेरिकामा रहेका तर म्यानमार फर्कन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,” उनले भने ।

Global Ime bank

यो व्यवस्था मार्च ११ पछि आवत-जावत गर्नेहरुलाई लागु हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए ।

म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिकासहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी गिरफ्तार भएका छन् । तर, आन्दोलन जारी छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC