site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्राजिलमा एकैदिन झन्डै ८६ हजार संक्रमित
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

रियो दि जेनेरियो । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झन्डै ८६ हजारजना संक्रमित भएका छन् । यो संख्या एकैदिनमा धेरै संक्रमित भएकोमध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना संक्रमित भएका हुन् । यसअघि, गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना संक्रमित भएका थिए ।

Agni Group

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना संक्रमित भएका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या दुई लाख ७५ हजार १०५ पुगेको छ ।

Global Ime bank

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुको विस्तारै प्रगति भए पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । ब्राजिल कोरोनाभाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेकोे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोनाभाइरसको संक्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ वटा प्रान्तीय राजधानीमा २५ वटा राजधानी सहरका स्वास्थ्य संस्थाका आकस्मिककक्ष ८० प्रतिशतभन्दा बढी भरिएका छन् ।

कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रिया २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC