site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘कृषिमा बाह्य लगानी बढाउन सरकारको तयारी’ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा शुक्रबार सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्र्याउन सरकारले अध्यादेशको साहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् । बैठकमा सांसद सोमप्रसाद पाण्डेले यसअघि नै कृषिमा विदेशी लगानी भित्र्याउनुहुन्न भनेर विभागीय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिए पनि सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्र्याउन लागेको बताए । सानो प्वालबाट ठूलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उनले कृषिमा विदेशी लगानी स्वीकार्न नसकिने बताए ।

सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउनु नहुने बताए । कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उनको भनाइ छ । लगानी भित्रिँदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा पनि बढ्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद प्रकाश रसाइलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताए । कृषिमा विदेशी लगानी नभित्र्याउने भनिए पनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागीय मन्त्री र सचिवहरुसँगको छलफल आवश्यक रहेको उनको भनाइ छ ।

सांसद अमृता अग्रहरिले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरु सक्षम रहेको बताइन् । जनताको मर्मविपरीत कृषिमा वैदेशिक लगानी भित्र्याउन लागिएको भन्दै उनले आपत्ति प्रकट गरिन् ।

Global Ime bank

सांसद बृजेश गुप्ताले विदेशी लगानीलाई निषेध गरेर देश अगाडि बढ्न नसक्ने धारणा राखे । जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उनले कृषिमा विदेशी लगानीलाई मापदण्डका आधारमा भित्र्याउनुपर्ने बताए ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले विदेशी लगानी सँगसँगै प्रविधि, प्राविधिक, मल, बीउ-बिजन पनि सँगै भित्रिने भएकाले लाखौँ कृषकले कृषि पेसाबाट हात धुनुपर्ने अवस्था आउने बताए । विदेशीलाई जमिन दिँदा खेतीयोग्य भूमि कृषिबाहेकको प्रयोजनका लागि पनि प्रयोग हुनसक्ने उनको भनाइ छ ।

नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले विदेशी पुँजीसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसक्ने र रोजगारी गुम्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले नेपालमा लगानीको कमी नभएको बताए । देशका उद्योगी, वित्तीय संस्थासँग लगानी गर्न आवश्यक रकम रहेको उनको भनाइ छ ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्‍लाद दाहालले स्वदेशी कम्पनीहरुलाई लगानीको वातावरण बनाउनुपर्ने बताए । प्रविधिको प्रयोग गरी नेपाली लगानीमै कृषि गर्नुपर्ने उनको भनाइ छ । कृषिमा आत्मनिर्भरताको बाटोमा हिँड्नुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC