site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

झापा । मेचीनगरलाई ‘बालश्रम मुक्त’ नगर बनाइने भएको छ । 

नगरको नवगठित नगर कार्यपालिका स्थानीय तह मन्त्रिमण्डलको सोमबार सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख विमल आचार्यको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले नगरलाई बालश्रम मुक्त बनाउने र त्यसका लागि आवश्यक कानुनसमेत निर्माण गर्ने नीतिगत निर्णय गरेको हो । 

तर कहिलेसम्ममा नगरलाई बालश्रम मुक्त बनाउने भनेर बैठकले समयावधि तोकेको छैन । शपथ ग्रहणलगत्तै नगरपालिकाको सभाकक्षमा बसेको बैठकले चारवटा निर्णय गरेको उपप्रमुख मीना पोखरेलले जानकारी दिएका छन्। 

Global Ime bank

पहिलो नम्बरमा मेचीनगरका बाढीग्रस्त क्षेत्रको निरीक्षण गरी तत्काल नियन्त्रणका उपाय अपनाउने निर्णय भएको छ । निर्णयको दोस्रो बुँदामा एक हप्ताभित्र नगरपालिका कार्यालयमा सर्वसाधारणको सुविधाका लागि सहायता कक्ष हेल्प डेक्स स्थापना गर्ने र तेस्रो बुँदामा तीन महिनाभित्र मेचीनगरको विस्तृत पाश्र्वचित्र प्रोफाइल तयार गर्ने उल्लेख छ । 

चौथो बुँदामा नगरलाई महिला सशक्तीकरणयुक्त र बालश्रम मुक्त बनाउने निर्णय गरिएको छ । साथै, सोही बुँदामा ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सम्मान गर्ने निर्णय उल्लेख छ । 

भद्रपुरलगायत अन्य नगरमा ज्येष्ठ नागरिक भत्ता घरघरै पु¥याउने निर्णय भएको खबर आइरहे पनि मेचीनगरमा त्यस्तो निर्णय हुन सकेन । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २७, २०७४  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC