site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुमारीपछि हिमालयन बैंकले पनि बढायो मुद्दती निक्षेपको ब्याज
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत १ गतेबाट लागु  हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हिमालयन बैंकले बचतको ब्याजदर यथावत् राख्दै मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

बैंकले ३ महिना अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशत यथावत् राख्दै तीन महिना अवधिको संस्थागत मुद्दती निक्षेप नवीकरणमा दिने ब्याजदर भने ३ प्रतिशतबाट साढे ३ प्रतिशत पुर्‍याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, ६ महिना अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतबाट ६ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ५ प्रतिशत र सोही अवधिको संस्थागत मुद्दती निक्षेप नवीकरण दिने ब्याजदर ४ प्रतिशतबाट साढे ५ प्रतिशत पुर्‍याएको छ ।

९ महिना अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेको बैंकले संस्थागत मुद्दतीतर्फ भने नवीकरण र नयाँ दुवैमा ४ प्रतिशतबाट एकैपटक ६ प्रतिशत पुर्‍याएको छ । चैतबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका एभरेस्ट र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने ब्याजदर परिवर्तन गरेका छैनन् ।

Global Ime bank

यस्तै, हिजो नयाँ ब्याजदर सार्वजनिक गरेको कुमारी बैंकले अवधिअनुसार  नयाँ संंस्थागत मुद्दती निक्षेपमा ४.७५ प्रतिशतदेखि ६.७५ प्रतिशत ब्याजदर दिँदै आएकोमा अब सबैमा ७ प्रतिशत र नवीकरण संस्थागत मुद्दतीमा ४.८५ प्रतिशतदेखि ६.८५ प्रतिशत ब्याज दिँदै आएकोमा चैत १ बाट ७ प्रतिशत ब्याजदर दिने भएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा पनि ३ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशतबाट बढाएर ६.५० प्रतिशत दिने भएको छ । तर, हिजो नयाँ ब्याजदर सार्वजनिक गरेको नेपाल एसबिआई बैंकले भने ब्याजदर यथावत् राखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC