site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बड्वाइजर बियर नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । बड्वाइजर बियर नेपालमा पनि उपलब्ध हुन थालेको छ । अन्हाइजर बुस इन्बेभ (एबी इन्बेभ)ले दक्षिण एसियामा आफ्नो उपस्थिति सुदृढ बनाउन नेपालमा सो बियर बिक्री सुरूवात गर्ने घोषणा गरेको छ ।

संसारका १५० भन्दा बढी देशमा सफलता प्राप्त गरिसकेको अमेरिकी शैलीको लागर बियर बड्वाइजरको  स्वाद अब नेपाली उपभोक्ताले समेत लिन पाउने भएका हुन् । बड्वाइजरको लन्चसँगै एबी इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्न उपभोक्ता प्राथमिकता विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एबी इन्बेभले जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीसँग विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाइसकेको छ ।

बड्वाइजरको नेपालमा सुरुवातको क्रममा एबी इन्बेभको भारत र दक्षिणपूर्व एसियाका अध्यक्ष कार्तिकेय शर्माले बढ्दो युवा जनसंख्या र बियर रुचाउने जमातका कारण नेपाल एउटा महत्वपूर्ण बजार रहेको बताए ।

Global Ime bank

बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकी स्टाइल लागर बियरको रूपमा भएको थियो । आज पनि बड्वाइजर १४० वर्षको ब्रुइङ प्रक्रियाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ । बड्वाइजर प्राकृतिक कार्बोनेसन, बिचवुड एजिङ र लामो समयसम्म बु्रइङ गरी तयार गरिएको हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC