site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्डोस्कोपीको नयाँ विकल्प : हजारौं बिरामीलाई सूक्ष्म क्यामरायुक्त ‘पिल’ निल्न लगाइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लन्डन । बेलायतभर अहिले ११ हजार बिरामीलाई निल्न सकिने सूक्ष्म क्यामरायुक्त ‘पिल’ प्रदान गरिएको छ जसले क्यान्सर पत्ता लगाउन शरीरभित्रका तस्बिरहरू लिनेछ । सो क्यामरा साधारण औषधिको पिल जत्रो आकारमा छ । हरेक सेकेन्ड त्यसले दुईवटा तस्बिर खिच्छ । त्यसरी फोटो लिइसकेपछि सबै डाटा यसले कम्मरमा बाँधिने पार्टनर डिभाइसलाई पठाइदिने गर्छ ।

यो डिभाइस परम्परागत ‘इन्डोस्कोपी’ को विकल्प हुने बताइएको छ जसमा चाहिँ शरीर भित्र क्यामरा जडान गरिएको ट्युब नै हालेर त्यसबाट कोलोनको तस्बिर लिने गरिन्छ । कोरोना महामारीका कारण पछिल्लो समय बेलायतमा स्टाफ र बिरामीलाई संक्रमणबाट सुरक्षित राख्न धेरै ठूलो सङ्ख्यामा इन्डोस्कोपीहरू रद्द अनि स्थगित गराउनुपरेको थियो ।

‘कोलोन क्याप्सुल इन्डोस्कोपी’ का नामले चिनिने सो ‘पिल क्याम’ ले पाँचदेखि आठ घण्टाभित्रमा शरीर भित्रका तस्बिरहरू पठाउन सक्छ । जसमा बिरामीले सामान्य रुपमा आफ्नो दैनिकी बिताइरहन सक्छन् ।
 
यो प्रविधि अमेरिकामा वर्षौंदेखि प्रयोग भइरहेको छ । स्कटल्यान्डका अस्पतालहरूमा पनि नोभेम्बरमा यस्तै किसिमको प्रविधि ल्याइएको थियो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, एनएचएसले यसमार्फत समय अगाडि नै आन्द्राको क्यान्सर पत्ता लगाउन सकिने र उपचारमा सहज हुने अपेक्षा गरेको छ । यसमा प्रारम्भिक समूहका देशभरका ४० भन्दा बढी भूभागका ११ हजार बिरामीले सो क्याप्सुल क्यामरा प्राप्त गर्नेछन् ।
 
यसअघिको एक डाटामा क्यान्सर पत्ता नलागेका बिरामी उल्लेखनीय सङ्ख्यामा हुन सक्ने पत्ता लागेको थियो । त्यस्तै डिसेम्बर २०२० को अर्को डाटामा चाहिँ हाल बेलायतभरि तीन लाख ५० हजार बढी बिरामी ६ साताभन्दा लामो समय इन्डोस्कोपी परीक्षणका लागि पर्खिएर बसिरहेको पाइएको हो । २०१९ मा सो सङ्ख्या केबल ४१ हजार मात्र थियो । तीमध्येमा पनि दुई लाखभन्दा धेरैमा क्यान्सरको शंका गरिएको बताइएको छ । कोरोनाका कारण अस्पतालहरूले प्राणघातक शल्यक्रिया बाहेकका सबै उपचारहरू बन्द गराउँदा यस्तो हुन पुगेको हो ।
 
यो पिल क्यामरा गत वर्ष युनिभर्सिटी कलेज लन्डनमा प्रयोगमा ल्याइएको थियो । एनएचएसका ‘क्लिनिकल डिरेक्टर फर क्यान्सर’का प्रोफेसर पिटर जन्सनले भनेका छन्, “यो नयाँ उपचार प्रविधिले विशेषगरी क्यान्सरलाई छिटो पत्ता लगाउन मद्दत मिल्नेछ जसपछि चिकित्सकहरूले चिन्ताजनक अवस्थाका बिरामीमा समयमै ध्यान दिन पाउनेछन् ।”

त्यस्तै क्लिनिकल लिड, एड सेवर्डले भने, “कोलोन क्याप्सुलले ठूलो स्तरमा उपचार क्षमता वृद्धि गराउँछ । यसले बिरामी र डाक्टर दुवैको समय बचाउँछ र यसका लागि इन्डोस्कोपी जस्तो विशेष ठाउँ पनि आवश्यक पर्दैन । बिरामीहरूले आफ्नो घरैबाट सजिलोगरी प्रक्रिया पूरा गर्न सक्छन् ।”

-इन्डिपेन्डेन्ट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC