site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्याउको ‘हव’ बन्दै मुड्केचुला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।  

तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ । 
 
प्रतिबिरुवा रु ७० मा खरिद गरेर कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो । मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ । गाउँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी रहेको छ । सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन शुरु गर्ने सम्भावना बढेको स्थानीयवासी समीर शाहीले बताए । 
 
त्रिवेणी र जुम्लाबाट एकै साथ सडक निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी आफूले उत्पादन गरेको स्याउले बजार पाउने भन्दै खुशी भएका छन् । त्यस्तै एक हजार ओखरका बिरुवा वितरण कार्य चलिरहेको छ । डोल्पा स्याउ उत्पादनको राम्रो जिल्ला मानिन्छ । यहाँ उत्पादन भएका स्याउले बजार नपाउँदा कृषक पीडित हुँदै आएका थिए । 

सडक विस्तारसँगै देशका विभिन्न ठाउँमा लिएर डोल्पाली स्याउले बजार पाउने भएसँगै स्याउ लगाउने कृषकको सङ्ख्या बढेको छ । खाद्यान्न उत्पादन कम हुने डोल्पामा स्याउ उत्पादन भने राम्रो हुँदै आएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC