site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आर्थिक संकटमा इँटा उद्योग
Sarbottam CementSarbottam Cement

दाङ । कोभिड–१९ का कारण दाङको इँटा उद्योग क्षेत्र आर्थिक संकटमा परेका छन् । लामो समयको बन्दाबन्दीका कारण इँटा उत्पादन र कारोबार कम हुँदा जिल्लामा रहेका ४२ उद्योगमा आर्थिक सुधार हुन नसकेको इँटा व्यवसायी महासंघका जिल्ला अध्यक्ष रोमबहादुर वली बताउँछन् ।

कोभिड–१९ का कारण करिब ६ महिना इँटाको कारोबार पूर्ण रूपमा बन्द भएपछि उद्योगहरू पुरानै अवस्थामा फर्किन हम्मे परेको दाङ–देउखुरी इँटा उद्योग व्यवसायी संघका सचिव प्रेमनाथ योगीले बताए । इँटाको माग बढ्ने समयमा करोडौँको कारोबार बन्द भएपछि बैंकिङ कर्जा लिएर व्यवसाय सञ्चालन गर्न बाध्य भएको उनले बताए । लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरिएको इँटा कोभिड–१९ का कारण समयमा बिक्री गर्न नपाउँदा व्यवसाय घाटामा गएको इँटा उद्योग सञ्चालक मोहन घर्ती बताउँछन् । कोभिड–१९ ले कामदार कटौती गर्नुपर्ने, कच्चा पदार्थको अभाव र पोलिएको सामानसमेत थन्काएर राख्दा ६ महिनामा ६० लाख रुपैयाँबराबरको कारोबार घाटामा गएको उनले बताए । “कोरोना महामारीले हामी इँटा उद्योगीहरूलाई निकै मारमा पार्यो,” उनले भने, “केही समय आगो निभाएर बस्नुपर्ने अवस्थासमेत सिर्जना भयो, अहिले ऋण लिएर काम गर्नुपरेको छ ।”

कोरोना महामारीका कारण उद्योग बन्द भएपछि पुनः सञ्चालनका लागि घर्तीले बैंकमार्फत तीन करोड रुपैयाँ ऋण लिएका छन् । पाँच सय कामदारले नियमित रोजगार पाउने उनको उद्योगमा बन्दाबन्दीका कारण ५० जनाले मात्र काम गरे । अहिले बैंकमार्फत ऋण लिएपछि पुनः व्यवसायलाई निरन्तरता दिएका घर्तीले आफू पुरानै अवस्थामा फर्किन ३–४ वर्ष अझै संघर्ष गर्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनका कारण इँटा बनाउन चाहिने कच्चा पदार्थ, इन्धन, बालुवालगायतका सामग्रीहरू भारतबाट ल्याउन नपाउँदा व्यवसाय अफ्ठ्यारोमा परेको संघका सचिव एवं शिव इँटा उद्योग बिजौरीका सञ्चालक योगी बताउँछन् ।

६ सय मजदुरले काम गर्दै आएको उनले उद्योगमा अहिले साढे तीन सय मजदुरले काम गरिरहेका छन् ।

Global Ime bank

तुलसीपुर ११, कटाहामा किसान इँटा उद्योग सञ्चालन गर्दै आएका भरत चौधरीले पनि कोभिड–१९ ले उद्योग सञ्चालनमा समस्या परेकाले बैंकबाट ऋण लिएर पुनः व्यवसाय सञ्चालन गरेका छन् ।

उनले कोरोनाका कारण उद्योगको अवस्था दयनीय बनेपछि गत माघमा बैंकमार्फत ८५ लाख रुपैयाँ कर्जा लिएर उद्योग सञ्चालन गरेको बताए । एक करोडबराबरको कारोबार बन्द हुँदा उद्योगको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयले अन्योल बनाएको उनले बताए ।

उत्पादनमा समस्या

दाङमा अझै पनि सहज रूपमा इँटा उत्पादन हुन सकेको छैन । लामो समयसम्मको बन्दाबन्दी कारण इँटा उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरूको मूल्य बढ्दा सहज रुपमा इँटा उत्पादन हुन नसकेको हो । उत्पादनमा लाग्ने लागत बढ्दै जाँदा इँटाको मूल्य स्वतः बढ्ने सञ्चालकहरू बताउँछन् । तर इँटाको मुल्यमा वृद्धि भएको भन्दै इँटा खरिद गर्नेहरूको संख्या भने घटिरहेको छ ।

लामो समयसम्म बन्द भएका उद्योगहरू विस्तारै सञ्चालनको तयारीमा रहेको बेला कच्चा पदार्थमा भएको मूल्यवृद्धिले थप समस्यामा पारेको उनीहरू बताउँछन् ।

व्यवसायीको माग सुनुवाइ भएन

लामो समयको बन्दाबन्दीका कारण उद्योगहरू बन्द हुँदा पनि सरकारले यस विषयमा चासो नदिएको सञ्चालकहरू बताउँछन् । कोभिड–१९ प्रभावितका लागि राहतको व्यवस्था गरिएको भनिए पनि हालसम्म आफूहरूले कुनै पनि राहत नपाएको संघका सचिव प्रेमनाथ योगी बताउँछन् ।

गत वैशाखमा जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारलगायत निकायलाई कर छुट र राहत उपलब्ध गराउन लबिइङ गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको योगी बताउँछन् । “उद्योगको कारोबार शून्य अवस्थामा पुग्दा पनि सरकारले कर लियो,” उनले भने, “पटक–पटक अनुरोध गर्दा पनि करसमेत छुट भएन ।”

भारतीय मजदुरहरू अल्पत्र परेका समयमा जिल्ला प्रशासनले उनीहरूको उद्धारबाहेक अन्य कुनै पनि सहयोग नगरेको उद्योग सञ्चालकहरूको गुनासो छ ।

आन्तरिक निर्माण र रेमिट्यान्स बढ्न आवश्यक

उद्योगलाई पुरानै अवस्थामा ल्याउन आन्तरिक निर्माणका कामहरू बढ्न आवश्यक रहेको इँटा उद्योग मालिकहरू बताउँछन् । जतिधेरै निर्माणका काम हुन्छ त्यति धेरै इँटा उत्पादन र कारोबार हुन उनीहरूको भनाइ छ । निर्माणका कामहरू सञ्चालन हुनका लागि रेमिट्यान्स बढ्न आवश्यक रहेको उनीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय आवागमन सञ्चालन, वैदेशिक रोजगारीमा वृद्धि, स्वदेशी लगानीमा वृद्धि भएर रेमिट्यान्स बढे निर्माणका कामहरू बढ्ने र उद्योगहरूले काम पाउने उनीहरू बताउँछन् । “नेपालको उद्योग तथा व्यवसाय सञ्चालन हुने र टिक्ने भनेको वैदेशिक रोजगारी र रेमिट्यान्स रहेछ भन्ने कुरा कोभिड–१९ महामारीबाट बुझियो,” उनीहरू भन्छन्, “उद्योग सञ्चालन हुन र पुरानै अवस्थामा फर्किन निर्माणका कामहरू बढ्न आवश्यक छ ।”

भोको पेटको चिन्ता

लकडाउनका कारण उद्योग बन्द हुँदा सयौँ मजदुरहरू रोजगार विहिन हुन वाध्य भए । उद्योगहरूमा कच्चा पदार्थको आपुर्ती बन्द, उत्पादन र उत्पादित बस्तुको माग शुन्य भएपछि उनीहरू कामबाट बाहिरिनु पर्ने अवस्था आयो । कोही आफ्नै ठाउँ फर्किए कोही अल्पत्र बन्न पुगे । काम गर्दै गरेको उद्योग बन्द हुँदा अधिकाँश मजदुरहरूको रोजीरोटी नै बन्द भएको छ । आम्दानीको स्रोत नै नहुँदा परिवारको खर्च जोहो गर्न निकै मुस्किल परेको मजदुरहरू बताउँछन् ।

सरकारले जारी गरेको बन्दाबन्दीले भएको रोजगार गुम्दा साँझ–बिहानको छाक टार्न समस्या हुने गरेको मजदुर चन्दन ठाकुर बताउँछन् । आफूले काम गर्दै आएको उद्योगमा कामदार कटौती गरेपछि आफ्नो रोजगार गुमेको उनले बताए । कुनै समयमा उद्योगको भरमा महिनाभरीको खर्च धान्न सजिलो हुने उनलाई अहिले बिहान–साँझको खानाको व्यवस्था गर्न निकै समस्या परेको छ ।

नियमित काम गर्न नपाउँदा परिवारको पेट कसरी भर्ने भन्ने एउटै पिरलो ठाकुरलाई छ ।

यसैगरी राम श्रीवास्तवले पनि पहिले जसरी सहज रूपमा खान–लाउन नपुग्ने बताउँछन् । उनले जसोतसो दैनिक ज्याला मजदुरी गरी परिवार पाल्ने गरेको बताए । “कोरोनाले गर्दा हामी गरिबलाई निकै समस्या पारेको छ,” उनले भने, “काम गरेको ठाउँमा जाने हो राख्दैन, अन्यत्र सधैं काम पाइँदैन ।”

श्रमिकहरूले काम गर्ने उद्योगहरूमा प्रशस्त काम नहुने र भनेको समयमा रकम नपाउने समस्या देखिएको छ । अहिले स्वदेशी श्रमिकहरूकै भरमा उद्योगहरू सञ्चालन भइरहेको अध्यक्ष रोमबहादुर वली बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC