site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्जा लगानीमा बैंकहरु ‘एग्रेसिभ’, फागुनको तीन सातामै ७१ अर्बले विस्तार 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ पछि ‘एग्रेसिभ’ कर्जा विस्तारमा रहेका बैंकहरुले फागुनमा पनि त्यसलाई निरन्तता दिएका छन् । फागुनको तीन सातामै बैंकहरुले ७१ अर्बले कर्जा विस्तार गरेको तथ्यांक नेपाल बैंकर्स संघले उपलब्ध गराएको छ । सोही अवधिमा निक्षेप भने ३७ अर्बले मात्रै बढेको छ ।

पछिल्लो एक सातामा मात्रै कर्जा २६ अर्बले विस्तार हुँदा निक्षेप भने १४ अर्बले मात्रै बढेको छ । गएको माघ ३० गते ३३ खर्ब १७ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा लगानी फागुन २१ गते आउँदा तीन सातामा ७१ अर्बले बढेर ३३ खर्ब ८८ अर्ब पुगेको छ । सोही अवधिमा बैंकहरुको निक्षेप भने ३७ खर्ब ८६ अर्बबाट बढेर ३८ खर्ब २३ अर्ब पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुस मध्यसम्म २ खर्बमाथि तरलता रहेको बैंकिङ प्रणालीमा बैंकहरुले गरेको एग्रेसिभ कर्जा लगानीकले गर्दा अहिले प्रणालीमा ४० अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ । फागुन २४ गते प्रणालीमा ३४ अर्ब तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । यसबाहेक ९ अर्ब ५४ करोड राष्ट्र बैंकले प्रशोचन गरेको उनले बताए ।

बैंकहरुले एग्रेसिभ रुपमा कर्जा विस्तार गरेको तर सोहीअनुसार निक्षेप भने बढ्न सकेका छैन । एकातिर निक्षेपको तुलनामा उच्च कर्जा विस्तार र अर्कोतर्फ सरकारले निरन्तर रुपमा राष्ट्र ऋण उठाउँदा बैंकिङ प्रणालीमा भने तरलता संकुचन हुँदै गएको छ । जसले गर्दा एक साताअघि सम्म ०.५ प्रतिशतको नजिक रहेको अन्तर बैंक ब्याजदर फागुन २४ गते २.९९ प्रतिशत पुगेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकार भट्ट बताउँछन् ।

Global Ime bank

राष्ट्र बैंकले पुनर्कर्जा पठाउने तयारी गरेकोले अहिले तरलता कम देखिए पनि बजारमा तरलता अभाव नहुने उनको भनाइ छ । चालु आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ८५ अर्ब निकासा भइसकेको र अब चाँडै नै ५५ अर्बजति पुनर्कर्जा निकासा हुँदा यसले तरलतामा थप सहयोग गर्ने उनले बताए । यस्तै, सरकारको खर्च बढ्दै जाँदा अब निक्षेप पनि बढ््ने उनको विश्वास छ ।

यदि, बजारमा तरलता आवश्यक पर्‍यो भने राष्ट्र बैंकले रिपोमार्फत पनि तरलता पठाउने उनले बताए । अन्तिम उपायको रुपमा बैंकहरुले सरकारी बचतपत्रमा गरेको लगानीको ‘अगेन्स’मा पनि तरलता उपलब्ध गराउने सक्नेछ ।

चालु आर्थिक वर्षको सात महिना तीन सातामा वाणिज्य बैंकहरुले मात्रै करिब ५ खर्ब कर्जा लगानी गर्दा निक्षेप भने सवा ३ खर्बले मात्रै बढेको छ । असार मसान्तमा २९ खर्ब ३ अर्ब रहेको वाण्ज्यि बैंकहरुको कर्जा लगानी  फागुन २१ गते आउँदा ४ खर्ब ८४ अर्बले विस्तार भएर ३३ खर्ब ८८ अर्ब पगेको छ । यस्तै, असार मसान्तमा ३४ खर्ब ८७ अर्ब रहेको निक्षेप फागुन २१ गते आउँदा ३ खर्ब ३६ अर्बले बढेर ३८ खर्ब २३ अर्ब पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC