site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्याथे प्यासिफिकलाई २०२० मा २.८ अर्ब डलर घाटा 
Ghorahi CementGhorahi Cement

बीबीसी । हङकङको क्याथे प्यासिफिक एयरवेजले सन् २०२० मा २.८ अर्ब डलर बराबरको घाटा भएको जनाएको छ । कोरोना महामारीका कारण हवाई उडान ठप्प हुँदा अहिलेसम्मकै ठूलो नोक्सानी व्यहोर्नुपरेको एयरलाइन्सले जनाएको हो ।

सन् २०१९ मा यसले २२ करोड बढी नाफा कमाएको थियो । तर, त्यति बेला पनि हङकङमा जारी राजनीतिक अशान्तिका कारण एयरवेज नराम्ररी प्रभावित भएको थियो । हवाई उडानबाहेक एयरलाइन्सको कार्गोले पनि राम्रो राम्रो आम्दानी गर्दै आएको थियो । तर, कार्गो बोक्ने हवाई उडान कम हुनुले यसमा समेत नोक्सान पुगेको छ ।

Agni Group

कम्पनीका निर्देशक प्याट्रिक हिलीले भनेका छन्, “यो छोटो अवधि हाम्रा लागि अत्यन्तै चुनौतीपूर्ण रहन पुग्यो । तर, दीर्घकालीन भविष्यका लागि हामीमा अझै पनि त्यो आत्मविश्वास छ कि हामीले आफ्नो प्रतिस्पर्धात्मक स्थान कायम गर्न सक्नेछौँ ।”

क्याथेसँग स्थानीय बजार नभएकाले अन्तर्राष्ट्रिय उडानमै निर्भर रहनुपर्दा यसलाई विशेष क्षति पुगेको हो । गत अक्टोबरमा कम्पनीले आफ्नो सहायक क्षेत्रीय एयरलाइन्स ‘क्याथे ड्रागन’लाई बन्द गर्ने घोषणा गरेको थियो । यसका विमान विशेषगरी चीन र अन्य एसियाली गन्तव्य जान्थे । अहिले क्याथे प्यासिफिक र अर्को कम बजेटको हङकङ एक्सप्रेसले क्याथे ड्रागनको ठाउँ लिएका छन् । कम्पनीले केही समयअघि झन्डै ८ हजार ५०० जागिरमा कटौती गर्ने बताएको थियो । कम्पनीको यो एक चौथाइ कर्मचारी संख्या हो ।

Global Ime bank

गएको जनवरीमा क्याथेले कुल ३० हजार यात्रु बोक्यो । यो गत वर्षको तुलनामा ९९ प्रतिशत गिरावट हो । यसअघि, इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले विश्वभरका सबै हवाई कम्पनीहरुलाई सरकारका तर्फबाट थप ७०–८० अर्ब डलरसम्मको आर्थिक सहयोग आवश्यक पर्ने अनुमान गरेको थियो । आईएटीएका अनुसार उडान कम्पनीहरु महामारीभन्दा अगाडिको अवस्थामा पुग्न सन् २०२४ सम्म पर्खनुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC