अर्थ व्यवसाय
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न एक करोड रुपैयाँ सहयोग गरेको छ ।
पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई एक करोड रुपैयाँ सहयोग गरेको हो । बैंकले स्थापनाकालदेखि नै सांस्कृतिक सम्पदाहरुको संरक्षण, पुनर्निर्माण्मा सहयोग गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७ २१:२२
प्रतिक्रिया दिनुहोस्