site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जब मन्त्री नै श्रम कार्यालयमा सेवाग्राही बनेर पुगे...
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल सरकारी बिदाको दिनभन्दा बाहेकका दिनमा भिड हुन्छ । कार्यालयमा बिहान २-३ बजेदेखि नै सेवाग्राहीको लाइन हुन्छ ।

लाइनमा बसेर कर्मचारीको झ्यालमा बल्ल पुगेका सेवाग्राहीले अझ भित्रका कर्मचारीको हप्कीदप्की खेप्नुपर्छ । सबै काजजात पुग्दा पनि झुलाउने बहाना बनाएर कर्मचारीले दु:ख दिइने गरेको उक्त कार्यलय पुगेका सेवाग्राही बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रोजगारीको लागि विभिन्न देश जानेहरु श्रम कार्यलय पुगेर घण्टौं लाइन बसेर मात्रै श्रम स्वीकृति पाइन्छ । मंगलबार श्रम कार्यालयको लाइनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी नै लाइनमा बस्न पुगे ।

ट्रयाकसुट, मुखमा मास्क, हरीयो रंगको क्याप लगाएर सेवाग्राहीको भेषमा पुगेका चौधरी सेवाग्राही नभएर श्रम कार्यलयको छड्के हान्न पुगेका हुन् । मन्त्री चौधरी श्रम कार्यलयमा केही घण्टा बिताउँदा न त्यहाँमा कर्मचारीले थाहा पाए न त अगाडि-पछाडि भएका सेवाग्राहीले नै थाहा पाए ।

Global Ime bank

मन्त्री चौधरी कोहिले थाहा नपाउने गरी सेवाग्राहीको समस्या बुझ्ने कोसिस गरे । त्यसपछि मन्त्री चौधरी कार्यालयका कर्मचारीको कोठामा पुगेर कर्मचारीले सेवाग्राहीलाई घरीवल्लो कोठामा घरी पल्लो कोठामा पठाएर दु:ख दिएको बताए ।

“सोध्ने मान्छे पनि झ्यालमा हुँदैन,” मन्त्रीले कर्मचारीलाई रुखो नबोल्न सुझाब दिँदै भने, “कमसेकम हामी अनलाइन सिस्टममा गएका छौ भनेर सूचना दिने गरौं ।” उनले कार्यलयको गेटगेटमा पनि हार्डिङ बोर्ड लगाएर सूचना दिन सकिने बताए ।

कार्यालयमा सेवाग्राहीलाई सेवा दिन कार्यलय भएकाले सेवाग्राहीले सुविधा राम्रो पाउनुपर्ने उनको बताए । सेवाग्राहीलाई कार्यालयको क्षमताअनुसार काम गरेको कार्यालयका निर्देशक छत्रबहादुर साह बताउँछन् । उनी भन्छन्, “अहिले हामीले अनलाइनमार्फत काम सुरु गरेका छौं ।” अनलाइनमार्फत काम सुरु गरे पनि सेवाग्राही भने कार्यालय आउन नछाडेको उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC