site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पदभार ग्रहण गर्दै डेपुटी गभर्नर मिश्र र ढुंगानाले भने- खुसी र जिम्मेवारीबोध एकैपटक आयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र नीलम ढुंगाना (तिम्सिना) ले पदभार ग्रहण गरेका छन् । आजै अर्थ मन्त्रालयबाट नियुक्तिको प्रमाणपत्र लिएका डेपुटी गभर्नरद्वय मिश्र र ढुंगानालाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयतको शपथ गराएर जिम्मेवारी प्रदान गरेका हुन् ।

डेपुटी गभर्नरको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएसँगै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्ने तयारी भइरहेको राष्ट्र बैंकको सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए । नेपाल राष्ट्र बैंक ऐनमा डेपुटी गभर्नर राष्ट्र बैंक सञ्चालक समिति सदस्य हुने व्यवस्था छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गभर्नर अधिकारीको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपरिषद्‌ले डेपुटी गभर्नरमा मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । राष्ट्र बैंक ऐनमा गभर्नर रिक्त रहेको पदभन्दा दोब्बर बढी संख्यमा कार्यकारी निर्देशक मध्येबाट नाम सिफारिस गर्ने र रिक्त रहेको पदबराबर मन्त्रिपरिषद्‌बाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।

गभर्नरले शपथग्रहण समारोहमा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाइ ज्ञापन गर्दै दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएको प्रशन्नता व्यक्त गरे । उनले दुवै डेपुटी गभर्नरलाई सफल कार्यकालको शुभकामनासमेत दिए । 

Global Ime bank

उनले डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेकाले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ति भएकामा खुसी व्यक्त गरे । दुईजना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्थाअनुसार नियुक्त भएको बताउँदै आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गरे ।

आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको दाबी गर्दै गभर्नरले सबैको सल्लाह र सुझावअनुसार अघि बढ्ने बताए ।

कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नरद्वय ढुंगाना र बमबहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकामा गभर्नर तथा नेपाल सरकारलाई धन्यवाद दिए । उनीहरूले आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको बताएको राष्ट्र बैंकको सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेलले जानकारी दिए । “उहाँहरूले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गर्नुभयो,” नवनियुक्त डेपुटी गभर्नरको भनाइ उदृत गर्दै सहप्रवक्ता पोख्रेलले भने ।

कार्यक्रममा वरिष्ठ कार्यकारी निर्देशक भुवन कँडेलले नवनियुक्त गभर्नरलाई स्वागत गर्दै समयमै डेपुटी गभर्नरहरू नियुक्त भएको प्रशन्नता व्यक्त गरेको र डेपुटी गभर्नरद्वयलाई सफल कार्यकालको शुभकामना दिएको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC