site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ज्योति लाइफको आईपीओमा १८ लाख बढीको आवेदन, १२ लाखले नपाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ज्योति लाइफले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १८ लाखभन्दा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज बुधबार साँझ ५ बजेसम्म १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ६१० कित्ता सेयर माग गरेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

आस्वा सदस्य प्राप्त संस्थाहरूले प्राप्त भएको आवेदनहरू राति १२ बजेसम्म इन्ट्री गर्न सक्ने भएकाले आवेदकको संख्या केही तलमाथि हुन सक्नेछन् । साथै उक्त आवेदनहरू भेरीफाइ हुन बाँकी रहेकाले योग्य आवेदकको संख्या सार्वजनिक हुँदा आवेदककको संख्या घटबढ हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै आईपीओका लागि परेको यो अहिलेसम्मकै उच्च आवेदन हो । यसअघि महिला लघुवित्तको आईपीओमा करिब १५ लाख ४० हजार आवेदकको आवेदन भेरीफाइ भएको छ ।

कम्पनीले यही फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारण लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

Global Ime bank

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले २०७७ माघ ९ गत जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारणसेयर हिस्सा ७०:३० प्रतिशत हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ रेटिङ पाएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आवेदकलाई न्यूनतमा १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यस आधारले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड १० कित्ताका दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजारले सेयर प्राप्त गर्छन् । बाँकी रहेको १२ लाख बढी आवेदकको हात खाली हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC