site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर लगानीकर्तामा देखिएको अन्योलले कारोबार रकम घट्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । यो साता बजार खुलेको लगातार तेस्रो दिन पनि नेप्से घटेको हो । मंगलबार २४६१.८८ अंकमा बन्द भएको नेप्से ३.४० अंकले घटेर २४५८.४९ अंकमा बन्द भएको छ । 

फागुन ९ गते २४४०.३५ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से त्यसयता लगातार घटिरहेको छ । गत साताको अन्तिम कारोबार दिनमा ९० अंकको उच्च वृद्धिका बाबजुत पनि समग्रमा घटेको नेप्से यो साता आज लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ । नेप्से सामान्य घटेपनि ‘क’ वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स भने सामान्य बढेको छ । सेन्सिटिभ इन्डेक्स ०.०२ अंकको सामान्य वृद्धि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेमा आज उपसूचकहरु भने मिश्रित देखिएका छन् । बैंकिङ, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड उपसूचक ओरालो लाग्दा व्यापार, हाइड्रोपावर, होटेल एन्ड पर्यटन, वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, अन्य र लगानी उपसूचक भने बढेका छन् । व्यापार उपसूचक सबैभन्दा धेरै ८.१५ प्रतिशतले बढ्दा होटेल एन्ड टुरिजम २.२ प्रतिशत, अन्य १.९६ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक १.८३ प्रतिशतले बढेको छ ।

निर्जीवन बिमा उपसूचक सबैभन्दा धेरै १.०१ प्रतिशत, लघुवित्त उपसूचक ०.९४ प्रतिशत, जीवन बिमा उपसूचक ०.७८ प्रतिशत र बैंकिङ उपसूचक ०.६१ प्रतिशतले घटेको छ ।

Global Ime bank

बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । राजनीतिक जोडघटाउ चलिरहँदा सरकारको भविष्य के हुन र कस्तो सरकार बन्ने भन्ने अन्योलले लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिँदा कारोबार रकम पनि घटेको दलाल व्यवसायीहरु बताउँछन् । लगानीकर्ता नै अन्योलमा रहँदा खरिद-बिक्री दुवै कमजोर देखिएको दलाल व्यवसायी नरेन्द्र सिँजापतिले बताए । अर्कोतर्फ बैंकहरुमा कर्जाको माग उच्च हुँदा दोस्रो बजारमा सक्रिय बैंकहरुले विस्तारै सेयर बजारको सक्रियता कम बनाउँदै कारोबार रकम पनि घटेको केही समूहको दाबी छ ।

केही साताअगाडि दैनिक साढे १० अर्बसम्मको कारोबार भएको नेप्सेमा आज भने चार अर्बमा सीमित भएको छ । आज नेप्सेमा ४६ हजार ९४८ पटककमा २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड ४ लाख ६ हजारको कारोबार भएको छ ।

आज ४० प्रतिशत नगद लाभांश बुक गर्ने अन्तिम दिन नेपाल दूरसञ्चार कम्पनीले कारोबार रकममा लिड गरेको छ । कम्पनीको सवार्धिक ५५ करोड ७० लाख ८४ हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रकचर बैंकको २० करोड ७१ लाख २५ हजार, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ६६ लाख ५३ हजार, नेपाल इन्स्योरेन्सको १३ करोड ४९ लाख ६१ हजार र शिखर इन्स्योरेन्सको १२ करोड ६२ लाख चार हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्य घट्नेमा भने रैराङ हाइड्रोपावर अगाडि छ । कम्पनीको सेयर मूल्य  ४.६० प्रतिशतले घट्दा मिथिला लघुवित्तको सेयर मूल्य ४.१५ प्रतिशत र शिखर इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC