site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देशभर ८ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । नाराजुलुस, भाषणवाजी र अरू कार्यक्रम गरेर नारी अधिकारका विषयहरू उठाइयो । महिला शिक्षा र चेतनामा भएको प्रगति सँगै अधिकारको चर्को चर्चा हुनु पनि स्वाभाविकै हो ।

परन्तु, नेपालमा नारी दिवस मनाइँदै गर्दा दुई साताभन्दा बढीदेखी वासको बन्दोबस्तको माग गरेर  कर्णाली प्रदेशको सुर्खेतमा  धर्ना बसेका वादी महिलालाई बिर्सनुले भने महिला अधिकार आन्दोलनमा कतै न कतै गम्भीर कमजोरी भएको स्वीकार गर्नुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकार आन्दोलनहरू प्रायः सहरकेन्द्री हुन्छन् । धेरैजसो मध्यमवर्गीय परिवारका सदस्यहरू अधिकारका आन्दोलनमा अगाडि देखिन्छन् । यसैले गाउँका र अझ त्यसमा पनि गरिब र पछाडि पारिएका समुदायका समस्या अधिकार अभियन्ताले पनि खासै उठाउने गर्दैनन् । नारी अधिकार आन्दोलन पनि यसको अपवाद हुनसकेको देखिएन ।

नेपालको संविधानमा सबै नागरिकको बसोवासको अधिकार प्रत्याभूत गरिएको छ । त्यसलाई चरितार्थ गर्न भने सरकारले खासै ध्यान दिएको देखिँदैन । अहिले सत्तामा हुने कम्युनिस्टहरू आफूलाई गरिबका हितैषी भनेर थाक्तैनन् । धेरै वर्ष  सत्तामा बसेका अहिलेको प्रमुख विपक्षी नेपाली का‌ग्रेस पनि आफूलाई गरिब जनताको हितैषी नै ठान्छ । तैपनि देशका वास्तविक कमजोर र निमुखाहरूले संविधानले सुनिश्चित गरेको अधिकार मागेर धर्ना बस्नुपर्ने वाध्यता छँदैछ ।

Global Ime bank

सरकारी वा गैरसरकारी सबै क्षेत्रको नेतृत्व सहरको मध्यम वर्गले गर्दासम्म गरिबका वास्तविक समस्या सधैँ ओझेलमा पर्नु अस्वाभाविक होइन । नेपालको महिला अधिकार आन्दोलनले पैत्रिक सम्पत्तिमा अधिकार स्थापित गर्न लगाइएको समय र शक्ति नारीको आफ्नो शरीरमा नियन्त्रण कायम गर्न लगाइएको भए अहिले स्थिति अर्कै हुनसक्थ्यो । 

बादी महिलाको आन्दोलनको समर्थनमा राजधानीका अधिकारकर्मी र महिला अभियन्ताहरूले  आवाज उठाइदिएको भए सायद स‌विधानले सुनिश्चित गरेको बसोवासको हक प्रचलन गराउन दुई साताभन्दा बढी धर्ना बस्दा पनि यसरी उपेक्षित पक्कै हुनुपर्ने थिएन ।

अभियन्ताहरूमा देखिने यस्तै कमजोरीले अधिकार आन्दोलनप्रति नै जनसमर्थन कमजोर हुँदै जाने हो । नारी अधिकार आन्दोलनमा पनि लोकतन्त्र स्थापना कालमा जति उत्साह र जनसमर्थन अहिले नदेखिनुको कारण यही हुनुपर्छ ।

 यसैले अब  महिलालगायत सबै अधिकार आन्दोलनले आआफ्ना अभियानलाई आधारभूत  मानव अधिकारकै रूपमा उठाउन थाल्नुपर्छ । आधारभूत मानव अधिकार चरितार्थ नहुँदासम्म अधिकार आन्दोलन कमजोर वर्गका लागि पाखण्ड सिबाय अरू केही नहुनेरहेछ । स‌विधानले सुनिश्चित गरेको बसोवासको अधिकार चरितार्थ गर्न धर्नामा बस्न विवश बादी महिलाका लागि अन्तर्राष्ट्रिय नारी दिवसको सन्देश र समारोह कागलाई बेल पाके बराबरै न हो !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC