site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्णालीमा बेपत्ता तीनजना अझै फेला परेनन्, दुई शवको पोस्टमार्टम हुँदै
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली नदीमा बेपत्ता एक महिलासहित उनका दुई सन्तान अझै फैला परेका छैनन् । उनीहरुको खोजी जारी छ ।

सोमबार दैलेखकी एक महिला चार सन्तानसहित कर्णाली नदीमा डुबेर बेपत्ता भएकी थिइन् । आठबिस नगरपालिका–३, निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले घटनास्थल राकम पुगेर अनुसन्धान गरिरहेको छ । घटनास्थलमा जिल्लास्थित उच्च प्रहरी अधिकारी पनि पुगेका छन् ।

सुकी बडुवालका दुई छोरी १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव सोमबारै अछाममा भेटिएको थियो । ती शवको आज पोस्टमार्टम गरिने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले बाह्रखरीलाई जानकारी दिए । पोस्टमार्टमपछि थप कुरा खुल्न सक्ने उनको भनाइ छ । आफू पनि घटनास्थल जाँदै गरेको उनले बताए ।

Global Ime bank

फेला परेका दुई शवको शरीरको बाहिरी भागमा खासै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

आमा सुकीसँगै १० वर्षीय छोरा ललित र ५ वर्षीया छोरी रजनीको शव भेटिएको छैन । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।

सुकीका श्रीमाने मानसिंह बडुवाललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC