site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अझै खुलेन झा दम्पती बेपत्ताको रहस्य !
Sarbottam CementSarbottam Cement

जनकपुरधाम  । महोत्तरीको पिपरा गाउँपालिका ५, सहोर्वाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएको दुई सत्ता बित्दा पनि प्रहरीले रहस्य पत्ता लगाउन सकेको छैन । कोठामा सुतिरहेका झा दम्पती फागुन ९ गते रातिबाट बेपत्ता भएका हुन् ।

झा दम्पती बेपत्ता भएसँग उनको परिवार चिन्तित बनेको छ । गाउँले स्तब्ध बनेका छन् । प्रहरीले झाको घरमा चौबीसै घण्टा सुरक्षा दिइरहेको छ । आउजाउ गर्नेमाथि निगरानी राखेको छ । आइतबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, डीआईजी धीरजप्रताप सिंहलगायतको टोली पीडित परिवारलाई भेटेका छन् ।
 
मन्त्री यादव र डीआईजी सिंहले चाँडै दोषी पत्ता लाग्ने पीडित पारिवालाई आश्वासन दिए । अनुसन्धानको नजिक पुगिसकेको भन्दै चाँडै दोषी सार्वजनिक गर्ने सिंहले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

"नियन्त्रणमा लिइएका कोही छिमेकी छन् भने कोही आफन्तसमेत छन्," उनले भने, "तीनवटा क्लु प्रमाणका रुपमा फेला परेको छ । तर, फेला परेको प्रमाणको विषयमा अझै केही प्रमाण आवश्यक परेको हुनाले केही समय लाग्न सक्छ ।" झा दम्पतीले प्रयोग गर्ने झुल पोखरीमा भेटिएको र घटनास्थलमा रगतको छिटा देखिएकाले हत्याको भएको अनुमान गरिएको छ । 

प्रहरीले झा दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय हरेन्द्र ठाकुरसहित चारजना नियन्त्रणमा लिएको छ । घटनास्थलमा फेला परको रगतको नमुना परीक्षणका लागि काठमाडौं पठाएको र रिपोर्ट अहिले नआएको सिंहले जानकारी दिए । झा मालपोत कार्यालयका पूर्वकर्मचारी हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC