site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालाजु बाइपासमा नागरिक खबरदारी, अभियन्ता भन्छन्- राज्यले डोजर आतंक निम्त्यायो (तस्बिरसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । बालाजु बाइपास सडक विस्तारका क्रममा हटाइएका बस्ती पुन:स्थापना गराउन खबरदारी स्वरुप प्रदर्शन गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर वडाध्यक्ष हुँदा स्वबासीको प्रमाणपत्र दिएको र अहिले बस्ती नै विस्थापित गरेकाले खबरदारी गरिएको नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संङ्घर्ष समिति, पीडित पक्षले जनाएको छ । उनीहरुले पहिलेकै ठाउँमा पुन:स्थापना हुनुपर्ने माग गरेका छन् । 

बस्ती हटाउने क्रममा डोजरलाई अवरोध गर्ने क्रममा बाइपासबाट प्रहरीले आठ अभियन्तालाई पक्राउ गरेको थियो । पछि सर्वोच्चको आदेशपछि उनीहरु रिहा भएका थिए । राज्यमन्त्रीले घर भत्काउँदा कसैलाई पाखा र कसैलाई काखा गरेको उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमी बताउँछन् । घर भत्काइएको क्षेत्र सार्वजनिक जग्गा हो भने राज्यमन्त्रीको जग्गा पनि सार्वजनिक भएको उनको दाबी छ । ‘‘राज्यमन्त्रीको घर पनि यसै क्षेत्रमा पर्छ । विकासका नाममा स्थानीयलाई विस्थापित गर्न मिल्छ भने राज्यमन्त्रीको घर पनि विस्थापित हुनुपर्ने माग हो,” उनले भने, ‘‘कानुनी राज्यमा कानुनको प्रत्याभूत हुन सकेन । सर्वोच्चले आदेश आउँदा पनि गैरकानुनी रुपमा यहाँका बासिन्दालाई घरबारविहीन बनाइयो । विकासको नाममा गैरन्यायिक सडक विस्तारले विस्थापित भएकालाई पुनर्वासको व्यवस्था गर्नुपर्ने हाम्रो माग हो ।”

बालाजु बाइपासकै कारण घरबारविहीन भएकी आशामाया खड्गीका अनुसार स्थानीयलाई उठिबास लगाउने विकास कस्तो हो ? भन्दै प्रश्‍न गरिन् । उनले राज्यमन्त्रीको चलखेलले यस्तो भएको बताइन् । "हाम्रो घर सडक विस्तारमा पर्छ भने वारिपारिका घर पनि सडक विस्तारमै पर्नुपर्ने हो । हाम्रो हातमा लालपुर्जा छ,” उनले भनिन्, ‘‘हामीमाथि अन्यायपूर्ण प्रहरी दमन भयो । सरकारले मानवअधिकारमाथि हस्तक्षेप गरेको छ । अख्तियार दुरुपयोग गर्नेलाई कारबाही गर्न नसक्ने सरकारले सर्वसाधारणलाई घरबारविहीन बनाउनु न्याय हो ?”

Agni Group

काठमाडौं उपत्यका विस्तार प्राधिकरणले मापदण्डअनुसार सडक विस्तार गर्दा दुवैतिर उत्तिकै सडक मिच्नुपर्ने स्थानीय रवीन्द्र श्रेष्ठ बताउँछन् । राज्यमन्त्रीले आफ्नो क्षेत्रतिर छुन नदिँएर जोगाएर राखेको श्रेष्ठ बताउँछन् । राज्यमन्त्री  मानन्धरको अष्ठनारायण चलचित्र हल पनि त्यहीँ छ । यो पनि सडक बिस्तारमै पर्ने उनी बताउँछन् । श्रेष्ठका अनुसार यसको दोषी उपत्यका विकास प्राधिकरणदेखि राज्यमन्त्रीसम्मका सबै हुन् ।

बाइपासकी लक्ष्मी शाहीले लालपुर्जा हुँदाहुँदै पनि सार्वजनिक जग्गा भनेर सरकारले हडपेको आरोप लगाइन् । "राज्यमन्त्री वडाध्यक्ष हुँदा दिएको स्वबासीको सिफारिस हाम्रै हातमा छ । राज्यमन्त्रीले आफ्नो अष्टनारायण हल दश वर्ष पुरानो भन्दै जोगाएका छन् । हाम्रा घर २०७२ सालदेखि गैरकानुनी रुपमा भत्काउँदै आएको छ । कसैले मुआब्जा पाएका छन् भने कसैले पाएका छैनन् । स्वबासीलाई उठिबास बनाएर घरबारविहीन बनाइएको छ । यसको न्याय कसले दिने,” उनले भनिन्, "सरकार पुगें भन्दैमा सर्वोच्चको आदेशविपरीत काम गर्न पाइँदैन । काठमाडौं महानगरपालिकाले हाम्रो घर भएको जग्गामा सूचना केन्द्र बनाउन रातारात काम गरिरहेको छ । सर्वसाधारणलाई घरबारविहीन बनाएर महानगरले कस्तो सूचना बनाउन खोजेको ?” 

Global Ime bank

२०७६ साउन १ गतेको सर्वोच्चको रिटले गैरकानुनी रुपमा भत्काएका घरहरूको कारण खोज्न आदेश जारी गरेको थियो । यो मुद्दा सर्वोच्चमा अझै विचाराधीन छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपत्यका विकास प्रधिकरणलाई विपक्षी बनाउँदै स्वबासीलाई विस्थापित नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

डोजर आतंकमाथि खबरदारी
सर्वसाधारणको संरचना भत्काउनेलगायत कुनै काम नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिए पनि गएको साउनमा घरमै डोजर चलाइयो । "डोजर आतंकले क्षति निम्त्याएको छ," नागरिक अगुवा तथा पत्रकार नारायण वाग्लेले भने । उनले कुनै व्यक्तिको नभएर न्यायको पक्षमा आफूलाई उभ्याएको बताए । ‘‘सडक विस्तार गर्ने ठाउँमा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाइरहेको छ । यसै क्षेत्रबाट सुमन सायमीलगायत अभियन्ता पक्राउ परे । हरेक विकासको नाममा डोजर आतंक घातक बन्दै छ,” उनले भने, ‘‘जताततैको डोजर आतंकले अहिले काठमाडौं उपत्यका कुरुप बन्दै गएको छ ।”

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगालले महानगरले त्यहाँ सूचना केन्द्र बनाउने योजनाअघि सारेको बताए । उनले महानगरले फोहोरबारे विवरण राख्ने र शौचालय बनाउने तयारी गरेको उनको भनाइ छ । ‘‘पहिले सार्वजनिक जग्गा व्यक्तिले हडपेका थिए । त्यही जग्गा खाली गरेर सूचना केन्द्र बनाउन लागिएको हो । सार्वजनिक जग्गा आफ्नो हो भन्दै लालपुर्जा बोकेर बसिरहेका छन्," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC