बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
वामपन्थीहरुको एकताले नै संविधान र लोकतन्त्रलाई बचाउन सक्छ : नेता पन्त
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेताहरुले पार्टी एकताको सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन् । आज पेरिसडाँडामा बसेको बैठकमा अधिकांश नेताहरुले पूर्वएमाले र पूर्वमाओवादीबीच एकताको सम्भावनाको खोजी गर्नुपर्ने बताएको नेता रघुजी पन्तले जानकारी दिए ।

एकतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुनुपर्ने उनको भनाइ छ ।

Agani Group

"दुईवटा पार्टी एक हुँदा प्रक्रियामा कतिपय कमिकमजोरी रहे । तर कमी-कमजोरीका बाबजुद एकता प्रक्रिया आफैंमा कुरा राम्रो थियो । अहिले पनि सम्भव हुन्छ भने एकतालाई कायम राख्नुपर्छ । अहिलेको बदलिएको परिस्थिति छ । यो परिस्थितिबीच केपी ओली र प्रचण्डको कुराकानी हुनुपर्छ । पार्टी युनिटी कायम राख्नुपर्छ," उनले बाह्रखरीसँग भने ।

त्यस्तै वाम्पन्थीहरुको एकताले मात्रै संविधान र लोकतन्त्र बचाउन सक्ने नेता पन्त बताउँछन् । "वामपन्थीहरुको एकताले नै संविधान बचाउन सक्छ र लोकतन्त्रलाई बचाउन सक्छ । देशभक्त र राष्ट्रियतालाई स्वाधीनता बचाउन सक्ने शक्तिहरुलाई एकताबद्ध पार्न सक्छ," उनले भने ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्