site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो 
Ghorahi CementGhorahi Cement

विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि सुरु गरिएको छ । 

एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । 

ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताएका छन् ।

Agni Group

एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ । त्यसयता नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि केपी ओलीसम्म यही भवनमा आएर कार्यक्रम सहभागी हुने गरेका थिए ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हु्न । 

Global Ime bank

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले  देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गर पनि त्यसले काम गर्न नसकेको बताए । 

भने,“पार्टीले गति लिन सकेन । काम गर्न सकिएन । खासगरी प्रचण्डका गतिविधिले गर्दा नै धेरै व्यवधानहरु आएका थिए । अब सर्वोच्चले बाटो तय गरिएको छ । यो सार्थक छ ।” 

उनले एमालेले अब आफ्नो विगतको पहिचान झल्काउने गरी अघि बढ्नु पर्ने बताए । 

केन्द्रीय सदस्य विनोद ढकालले एउटा लक्ष्यसाथ केपी ओलीले पार्टी एकता गरे पनि त्यसमा धेरै नेता मनबाटै जोडिन नसकेको बताउँदै भने,“अब पनि आउन चाहनेलाई स्वागत गर्ने दिशामा एमाले नै अघि बढ्नुपर्छ । ढोका बन्द गर्नु हुँदैन ।”

कानुन व्यवसायी हेमराज पन्तले सर्वोच्चमा फेरि पुनरावलोकन हुन्छ भनेर संशकित हुनुपर्दैन भन्दै संविधानको मर्मअनुसार नै फैसला आएको सुनाए । 

उनले फैसलाको पूर्णपाठ नै आईसकेकोले फेरि के होला भन्ने द्विविधा नरहेको बताए । 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC