site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वेस्ट इन्डिजलाई सिरिज 
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टिम वेस्ट इन्डिजले जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २–१ ले सिरिज आफ्नो बनाएको हो ।

श्रीलंकाले दिएको १३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । 

Agni Group

वेस्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे । यस्तै निकोलस पुरणले २३ रनको योगदान गरे ।  

बलिङतर्फ श्रीलंकाका लागि लक्शान शन्दकानले सर्वाधिक ३ विकेट लिए । दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २–२ विकेट लिए ।

Global Ime bank

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

श्रीलंकाका लागि दिनेश चण्डीमालले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै अशेन बन्दराले ४४ रन बनाए । 

बलिङतर्फ वेस्ट इन्डिजका फाबियने एलन, केभिन, ओबेड म्याकक्वे र जासन होल्डरले एक–एक विकेट लिए ।

पहिलो सिरिज वेस्ट इन्डिजले ४ विकेटले जित निकालेको थियो । दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जित निकालेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC