खेल
काठमाडौं । ग्याराथ बेल र ह्यारी केनको गोलमा टोटेनहमले प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई–दुई गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।
जितसँगै टोटेनहमले २७ खेलमा ४५ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा छ । क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७ ०८:०४
प्रतिक्रिया दिनुहोस्