काठमाडौं । म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमै सिटीलाई पराजित गरेको हो । आइतबार राति म्यानचेस्टर डर्बीमा भएको खेलमा सिटीले युनाइटेडमाथि २–० गोलको जित निकाल्यो ।
सिटीको मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र लुक शले एक–एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दा युनाइटेडले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।
५० औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।
जितसँगै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २८ खेल खेलेको युनाइटेड ५४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
सिटी २८ खेलबाट ६५ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।