site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन आयोगमा छन् ८ वटा नेपाल कम्युनिस्ट पार्टी ! (सूचीसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई वैधानिकता दिएसँगै तीन वर्षदेखि भएको वाम एकता भाँडिएको छ । सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक अलगअलग राजनीतिक दल साबिककै अवस्थामा कायम हुने आदेश जारी गरेको छ ।

नेकपा नामको विवादमा अदालतले गरेको फैसलाले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । यसको कारण हो, निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामका दल दर्ता भइसकेको हुनु । अर्को कारण हो, एकता भाँडिने गरी अदालतको फैसला आउनु ।

सर्वोच्चको निर्णयले पार्टी एकता तोडिएको छ भने नेपाल कम्युनिस्ट पार्टी नामक दल निर्माण गर्ने अर्को बाटो पनि छैन ।

Agni Group

निर्वाचन आयोगमा यसअघि नै ८ वटा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको देखिन्छ । विसं २०७५ जेठ २३ गते नेपालकै ठूलो दलको रुपमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता हुनुअघि नै ४ वटा मात्र नेपाल कम्युनिस्ट पार्टी थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी निर्वाचन आयोगमा दर्ता भइसकेका थिए । नेपाल कम्युनिस्ट पार्टी नाम भएका केही दल भने खारेज पनि भइसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दर्ता गराउन खोजिएको थियो । तर, नाम जुध्ने भन्दै ने, क र पा बीचमा स्पेस राखेर दल दर्ता गरिएको थियो ।

Global Ime bank

लगत्तै कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हाले । उनले हालेको रिटमा आफ्नो दल र दर्ता भएको नयाँ दलको मूल नाम र छोटकरी नाम एकै रहेको तथा उस्तै सुनिने भएकाले नयाँ दल दर्ता वदर गर्ने फैसला गरिदिन माग गरिएको थियो ।

केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको दललाई आयोगले वैधानिकता दिइसकेपछि पनि नेपाल कम्युनिस्ट पार्टी नामका थप ३ दल दर्ता भएका देखिन्छन् । ती हुन्- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ।

कुन नेपाल कम्युनिस्ट पार्टी कहिले दर्ता भए ? कहाँ छन् केन्द्रीय कार्यालय ?
नेपाल कम्युनिस्ट पार्टी (माले) - २०७३ मंसिर ८, रातोपुल काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) - २०७३ मंसिर ८, टोखा काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी - २०७३ मंसिर ८, धोबिधारा काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी - २०७३ मंसिर ८, कोटेश्वर काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) - २०७५ जेठ २३, धुम्बाराही काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) - २०७६ भदौ १५, गौशला काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) - २०७६ भदौ १५, बूढानीलकण्ठ काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) - २०७७ साउन २०, नयाँ बानेश्वर काठमाडौं

आयोगको असोज ७ गते अद्यावधिक दर्ता कायम रहेका राजनीतिक दलहरूको विवरणअनुसार नेपालमा १३२ दल छन् । हालसम्म १६० दलले दल दर्ता नम्बर पाएकामा बाँकी दल खारेज भएका छन् ।

आयोगमा छैन विप्लव र वैद्यको कम्युनिस्ट पार्टी
निर्वाचन आयोगको दल सूचीमा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ का कम्युनिस्ट पार्टी छैनन् । विप्लवले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी र किरणको दल नेकपा-क्रान्तिकारी माओवादी रहेको बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC