site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्याय माग्दै गौरहत्याकाण्ड पीडित !
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०६३ चैतमा भएको गौर हत्याकाण्डका पीडितहरुले न्याय नपाएको भन्दै आफूहरुलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी गौर हत्याकाण्डका पीडितहरुले आफूहरुले हालसम्म न्याय नपाएको भन्दै आफूहरुलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेका हुन् । २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने दजनौँको संख्यामा घाइते भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय समुदाय, सरकारलगायतले घटनाको निरीक्षण गरी उक्त घटना राजनीतिक अभिप्रायले नभई जघन्य अपराध भएको रिपोर्टसमेत निस्केको जिकिर गर्दै पीडितहरुले सरकारले दोषीलाई कारबाही नगरेको आरोप लगाएका छन् । 

दोषीलाई कारबाही गरी मृत्यु हुनेहरुलाई सहिद घोषणा गर्न र न्याय दिलाउन पीडितले माग गरेका हुन् । विगतका कुनै पनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै पीडितले दुःख व्यक्त गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC