site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगले एमाले र माओवादीका नेतालाई एकताका लागि बोलाउने, किराती र सन्ध्या तिवारीलाई विकल्प खोज्न आग्रह गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई एकताका लागि समय दिएर बोलाउने भएको छ ।

मंगलबार बस्ने आयोग पदाधिकारी बैठकले उनीहरुलाई समय दिएर एकताका लागि बोलाउने आयोगका एक पदाधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगका एक पदाधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला आयोगमा प्राप्त भएर दर्ता पनि भइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग पदाधिकारीको बैठक मंगलबार बस्ने बताउँदै त्यसमा सर्वोच्चको फैसला र आयोगले गर्नुपर्ने कामका बारेमा छलफल हुने जानकारी दिए ।

“सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा यो बीचमा गरिएका कामहरु विशेषतः यL दुवै (नेकपा एमाले र माओवादी केन्द्र) को नाममा दर्ता भएका दलहरु र तिनका पदाधिकारीलाई विकल्प रोज्न आग्रह गर्छौँ,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “उहाँहरुको नाममा दर्ता भएका दल खारेज गर्न त मिलेन ऐन र नियमावलीको व्यवस्था बमोजिम उहाँहरुलाई अर्को नाम र चिह्न रोज्नका लागि अनुरोध गर्न सकिन्छ ।”

Global Ime bank

नेकपा एमाले र माओवादी केन्द्र एकतापछि गोपाल किरातीको नाममा माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता छ ।

गोपाल किरातीको चिह्न हसियाँ हथौंडा छ भने तिवारीको चिह्न उदाउँदो सूर्य रहेको छ ।

आयोगले त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रलाई पार्टीको कमिटी, विधानलगायतका विषयमा अद्यावधिक गर्न भन्ने छ ।

“यो दुईवटा काम सकिएपछि एकता गर्ने आउनुस् भनेर निश्चित समय दिएर चिठी लेख्नेछौँ,” आयोगका एक पदाधिकारीले भने, “सर्वोच्चको फैसलापछि त्यसकारण हामीले ऐनको दफा ९ र १० बमोजिम सबै कुरा खुलाएर सर्वोच्चको फैसलाको जानकारी गराएर एकीकरण हुन आउनुहुन्छ भने आउनुस् भनेर बोलाउनुपर्छ ।”

निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनीहरु नआए आ आफ्नो बाटो लाग्न सक्नेछन् ।

सर्वोच्च अदालतले नेकपा कसको भन्ने विषयमा देखिएको विवादको फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा रहेको बताएको थियो ।

आइतबार सर्वोच्चको यो फैसलापछि मुलुकको राजनीति थप तरंगित भएको छ ।
 

सूर्य चिह्नबाट निर्वाचित भएका पदाधिकारीका हकमा के गर्ने भन्नेबारेमा कानुनी परामर्श गर्ने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले बाह्रखरीसँग कुरा गर्दै भने, “एउटा पार्टीबाट निर्वाचित पदाधिकारी अर्को पार्टीमा जान पाइँदैन भनेको छ तर यो बीचमा सूर्य चिह्नबाट निर्वाचित भएका पदाधिकारीहरु छन् । यसको लागि हामीले कानुनी परामर्श गरेर उचित निकास दिन्छौँ ।”

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC